वि.सं.२०८३ मंसिर ८ सोमवार
Shivam
Dish Home Long Ad
TaTa
मोरङमा लागुऔषध कारोबारीविरुद्ध प्रहरीको गोली प्रहारः दुई भारतीय नागरिक घाइते

विराटनगर । मोरङको रतुवामाईमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले ८ राउन्ड गोली चलाएको छ। नेपाल–भारत सीमावर्ती क्षेत्रनजिक भएको यस घटनामा दुई जना भारतीय नागरिक घाइते भएका छन् भने एक थान पेस्तोल र करिब आधा किलो खैरो हेरोइनसहित तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्ने तथा घाइते भारत अररिया, कुशाहाका २२ वर्षीय दीपककुमार बोसाक र कुटुमगन्जका ४० वर्षीय पुरन बोसाक दुवै जना प्रहरीको गोली लागेर घाइते, कोशी अस्पताल विराटनगरमा उपचाररत छन ।अन्य पक्राउ परेका व्यक्ति मोरङको रतुवामाई–१ चुनिमारीका ३५ वर्षीय प्रमोद ठाकुर।

बरामद सामग्रीकरिब ५०० ग्राम खैरो हेरोइन ब्राउन सुगर, एक थान घरेलु पेस्तोल, गोली र दुईवटा मोटरसाइकल जसमा एक भारतीय नम्बर प्लेटको बीआर ३७ भी ३९२६०।

लागुऔषधको अवैध ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालयबाट संयुक्त टोली परिचालन गरिएको थियो।

राति करिब ९.३० बजे दुईवटा मोटरसाइकलमा सवार उनीहरूलाई प्रहरीले रोक्ने प्रयास गरेको थियो। प्रहरीलाई देखेपछि भाग्न खोजेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले जवाफी कारबाहीस्वरूप गोली चलाएको मोरङ प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए।

प्रहरीले आत्मरक्षा तथा तस्कराहरूको समूहलाई रोक्न चाइनिज पेस्तोलबाट ५ राउन्ड र ब्रेडा पेस्तोलबाट ३ राउन्ड गरी कुल ८ राउन्ड गोली प्रहार गरेको थियो। गोली प्रहारबाट दुवै भारतीय नागरिकको घुँडाभन्दा मुनि चोट लागेको छ।

लामो समयदेखि सक्रिय रहेको यो लागुऔषध तस्करको गिरोहबारे प्रहरीले थप अनुसन्धान अगाडि बढाइरहेको छ।

Agni

सम्बन्धित खवर