वि.सं.२०८३ भदौ २७ शनिवार
Dish Home Long Ad
काठमाडौँ उपत्यकामा जुनसुकै कम्पनीको खाली सिलिन्डर साटेर ग्यास लिन पाइने
काठमाडौँ  । हालैको बाढीका कारण काठमाडौँ उपत्यकामा देखिएको खाना पकाउने (एलपी) ग्यासको आपूर्ति समस्या समाधान गर्न सरकारले नयाँ निर्णय गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सरोकारवाला निकायहरूसँगको छलफलपछि उपभोक्ताका लागि यो नयाँ व्यवस्था लागू गरेकी हुन्।
नयाँ व्यवस्थाअनुसार अब उपत्यकाभित्र उपभोक्ताले आफूसँग भएको जुनसुकै कम्पनीको खाली सिलिन्डर दिएर अर्को कम्पनीको भरिएको सिलिन्डर तोकिएकै मूल्यमा लिन पाउनेछन्। आफूले प्रयोग गर्दै आएको ब्रान्ड बजारमा उपलब्ध नभएमा उपभोक्तालाई ग्यास खरिदमा सहज होस् भनेर तत्कालका लागि यो अस्थायी नियम लागू गरिएको हो।
मन्त्री यादवले नेपाल आयल निगम र ग्यास उद्योगहरूलाई यो निर्णय कडाइका साथ कार्यान्वयन गराउन निर्देशन दिएकी छन्। साथै, संकटको फाइदा उठाएर कृत्रिम अभाव सिर्जना गर्ने, उपभोक्तालाई सास्ती दिने वा नियम उल्लंघन गर्नेहरूलाई प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी मन्त्रालयले दिएको छ।

सम्बन्धित खवर