वि.सं.२०८३ भदौ २७ शनिवार
Dish Home Long Ad
दोलखाका सीडीओले किन दिए राजीनामा ?

काठमाडौ । दोलखाका प्रमुख जिल्ला अधिकारी (सीडीर्ओ) तथा गृह मन्त्रालयका सहसचिव हरिप्रसाद घिमिरेले पदबाट राजीनामा दिएका छन्।
गत पुसमा दोलखाको सीडीओको जिम्मेवारी सम्हालेका घिमिरेले भदौ १० गते नै पदबाट राजीनामा दिएका हुन्। घिमिरेले भदौ १८ गतेदेखि लागू हुने गरी राजीनामा बुझाएको बताए।
निजामती सेवामा ३८ वर्ष ६ महिना एक दिन सेवा गरेका घिमिरेको नियमित सेवा अवधि आउँदो मंसिर १५ गतेसम्म थियो। उनको राजीनामा पत्रमा घरायसी कारण उल्लेख छ। राजीनामा लागू हुनुअघि नै जिल्ला प्रशासन कार्यालय दोलखाले बुधबार नै औपचारिक कार्यक्रम आयोजना गरी घिमिरेलाई बिदाइ गरिसकेको छ।

भदौ १५ मा झापाका सीडीओ शिवराम गेलालले पनि राजीनामा दिएका छन्। उनले पनि नियमित अवकाशको पाँच महिनाअघि नै सेवा छोडेका थिए।

सम्बन्धित खवर