वि.सं.२०८३ भदौ २८ आइतवार
Dish Home Long Ad
काठमाडौँको नागढुंगा चेकपोस्ट नजिक सडक भासिए पछि यातायात अवरुद्ध

 

काठमाडौँ । काठमाडौँको नागढुंगा चेकपोस्ट नजिक सडक भासिएपछि यातायात अवरुद्ध भएको छ। बुधबार बिहान नागढुंगा चेकपोस्टको तल करिब ८० मिटरजति लम्बाइ र तीन मिटरजति चौडाइ भएर सडक भासिएको नागढुङ्गा मुग्लिङ सडक योजना (पूर्वी खण्ड) का इन्जिनियर राजिव मानन्धरले जानकारी दिए।
‘सडक भासिएपछि अहिले त्यहाँ वानवे मात्र गाडी सञ्चालनमा छन्,’ मानन्धरले भने, ‘मालवाहक र सामान्य गाडीलाई सुरुङमार्गबाट आवतजावतको व्यवस्था मिलाइएको छ। मोटरसाइकल, तेल–ग्यास बोक्ने गाडीलाई सोही सडकबाट पास गराइरहेका छौँ।’
अहिले सडक विभागको टोली भासिएको सडकको अवस्था अवलोकन गर्न आउँदै गरेको उनले बताए। ‘त्यसपछि के गर्ने भन्ने टुंगो लाग्छ,’ मानन्धरले भने।

सम्बन्धित खवर