वि.सं.२०८३ भदौ २८ आइतवार
Dish Home Long Ad
रसुवा बाढीले पर्यटन क्षेत्रमा ५० अर्बभन्दा बढीको क्षति

रसुवाको भोटेकोसीमा आएको बाढीले पर्यटन क्षेत्रमा करिब ५० अर्बभन्दा बढी क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ । सरकारले अहिलेसम्मको अवस्थामा उक्त रकम बराबरको क्षति भएको अनुमान गरेको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेलले आजको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिलाई उक्त जानकारी दिएका हुन् ।
समितिको बैठकमा मन्त्री पौडेलले नयाँ प्रस्ताव पनि गरेका छन् । उनले समितिलाई दिएको जानकारी अनुसार सरकारले बाढी प्रभावित क्षेत्रलाई ‘क्लाइमेट हेरिटेज’ का विकास गर्ने सोच बनाएको छ ।
उनले समितिका बैठकमा भनेका छन्, ‘रसुवाको बाढी प्रभावित क्षेत्रलाई पर्यटन मन्त्रालय मातहत क्लाइमेट हेरिटेजका रूपमा विकास गर्नेछौँ ।’उनले समितिमा थप भने, ‘त्यो हेरिटेजमा संग्रहालय बनाउने हो कि, मनुमेन्सहरू बनाउने हो वा पार्क, मूर्तिहरू बनाउने भन्नेमा हामी सोच्छौँ ।’

सम्बन्धित खवर