वि.सं.२०८३ भदौ २८ आइतवार
Dish Home Long Ad
नुवाकोटको विदुर नगरपालिकाका तीनवटा बजार बाढीले बगायो

काठमाडौं । विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठका अनुसार बाढीले स्थानीय तीनवटा बजार पूरै बगाएको छ। विद्युत् र सञ्चार विच्छेद भएका छन्। भौतिक संरचनामा ठुलो क्षति भएकाले मानवीय क्षतिसमेत भएको हुनसक्ने आशंका रहेको उनले बताए।

‘क्षतिको कुरै नगरौँ। खोला किनार र नजिकका कुनै घर पनि सग्लो छैनन्’, मेयर श्रेष्ठले भने, ‘वेत्रावती सबै सखाप भएको छ। त्रिशूली बजार पूरै बग्यो। भैसेँको आधि भाग डुबेको छ। सिँञ्चाइ, विद्युत् प्राधिकरणको जलविद्युत् केन्द्र, सोलार केही बाँकी छैन। सबै बगायो। सेन्ट्रेल जेल पनि बगायो। देवघाट बजार पनि बगायो।’

बाढीले प्रभावित देवीघाट बजार आसपासको क्षेत्र
नुवाकोट, १० भदौः
रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नुवाकोट जिल्लाको विदुर नगरपालिका वडा नं ५ देवीघाट बजार आसपासको प्रभावित क्षेत्र । 

उनका अनुसार विदुुर नगरपालिकाका १०, १, ४, ६, ५ र ३ पूर्ण रूपमा प्रभावित भएको छ।

भोटेकोशीमा आएको बाढी
रसुवा, १० भदौः
रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण जिल्लाको उत्तरगया गाउँपालिकामा रहेका प्रभावित क्षेत्र । तस्बिर/ रासस

‘भौतिक संरचनाको क्षति अनुमा नै गर्न सकिने खालको छैन। ती क्षेत्रमा विद्युत्, सञ्चार सम्पर्क विच्छेद भएको छ’, उनले थपे, ‘बाढीले सडक बगाएपछि हाम्रो त्रिशूली हस्पिटलसँगको कनेक्सन टुट्यो। कुनै पनि कनेक्सनमा छैनौँ हामी।’

घाइतेका लागि तत्काल उद्धार गर्न हेलिकप्टर परिचालन भएको उनले जानकारी दिए।

बुधबार बिहान ९ बजेतिर तिब्बत हुँदै रसुवाको ल्हेन्दे खोला ९भोटेकोसी० मा आएको बाढीले स्थानीय तीनवटा बजार बगाउँदै अघि बढेको बाढीले नुवाकोटका पनि नदी किनारका पालिकामा व्यापक क्षति गरेको हो।

सम्बन्धित खवर