वि.सं.२०८३ भदौ २८ आइतवार
Dish Home Long Ad
राहत तथा उद्धारका लागि सरकारले रसुवा र नुवाकोटलाई १ १ करोड र धादिङलाई ५० लाख रुपैयाँ छुट्यायो

काठमाडौं । सरकारले रसुवा बाढी प्रभावित क्षेत्रमा तत्काल राहत तथा उद्धारका लागि जिल्ला विपद् व्यवस्थापन समितिमार्फत रकम पठाउने भएको छ ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले रसुवा र नुवाकोटलाई १(१ करोड तथा धादिङलाई ५० लाख रुपैयाँ तत्काल उपलब्ध गराउने निर्णय गरेको हो । सो रकम जिल्ला विपद् व्यवस्थापन समितिमार्फत प्रयोग गरिने प्राधिकरणका कार्यकारी प्रमुख डा। धर्मराज उप्रेतीले जानकारी दिए ।

तिब्बतको जिलोङ काउन्टीस्थित डोङलिन छाङ्गो रिभरमा हिमपहिरोपछि नदी थुनिएर अस्थायी बाँध फुट्दा नेपालतर्फ आएको बाढीले रसुवा, नुवाकोट र धादिङका विभिन्न क्षेत्रमा ठूलो क्षति पुगेको छ । रसुवाको टिमुरे, स्याफ्रुबेंसी तथा रसुवागढी क्षेत्रमा सबैभन्दा बढी जनधनको क्षति पुगेको प्रारम्भिक अनुमान छ ।

बाढीको जोखिमलाई न्यूनीकरण गर्न राज्यका सबै संयन्त्र परिचालन गरिएको सरकारले जनाएको छ ।

 

सम्बन्धित खवर