वि.सं.२०८३ भदौ ७ आइतवार
Dish Home Long Ad
अर्थमन्त्रीले बोलाए २० बहुराष्ट्रिय कम्पनीलाई छलफलमा
Prabhu Bank AD

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानी गरेका २० ठूला करदाता बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग छलफल सुरु गरेका छन् । आर्थिक वर्ष २०८३र८४ को बजेट कार्यान्वयन छलफल शृङ्खलाअन्तर्गत अर्थ मन्त्रालयको सुवर्ण हलमा सोमबार दिउँसो बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग छलफल सुरु भएको हो ।
छलफलमा नेपालमा लगानी गरेका २० ठूला करदाता बहुराष्ट्रिय कम्पनीका उच्चपदस्थ विदेशी तथा स्वदेशी साझेदार सहभागी छन् । छलफलमा बजेटले उपलब्ध गराएका सुविधा, कम्पनीहरूले भोगिरहेका समस्या, नेपालमा लगानी विस्तार, रोजगारी सिर्जना तथा लगानीको प्रतिफल फिर्ता लैजाँदा देखिएका समस्या र सरकारले गर्नुपर्ने सहजीकरणका विषयमा छलफल हुने अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।
त्यस्तै, डाबर नेपाल प्रालि, वोटलर्स नेपाल (तराई) लिमिटेड, युनिलिभर नेपाल लिमिटेड, एशियन पेन्ट्स (नेपाल) प्रालि, पावर कन्स्ट्रक्सन कर्पोरेसन अफ चाइना लिमिटेड, गोर्खा लाहारी प्रालि, ह्वासिन सिमेन्ट नारायणी प्रालि र न्यू होप एग्रो बिजनेस नेपाल प्रालि पनि छलफलमा सहभागी छन् ।
नेपाल वेलहोप एग्रि–टेक प्रालि, वरुण बेभरेज नेपाल प्रालि, टर्किस एयरलाइन्स इन्कर्पोरेशन प्रालि, भोटेकोशी पावर कम्पनी प्रालि तथा बर्जर जेन्सन एन्ड निकोल्सन (नेपाल) प्रालिलाई पनि छलफलमा आमन्त्रण गरिएको छ ।

Prabhu Bank AD

सम्बन्धित खवर