वि.सं.२०८३ वैशाख ६ आइतवार
Dish Home Long Ad
चैत्रमै तीन पटक बढाइयो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोलको प्रतिलिटर २०२, डिजेल १८२ रुपैयाँ
Prabhu Bank AD

काठमाडौँ — नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले बिहीबार पेट्रोल, डिजेल र मट्टितेलको प्रतिलिटर १५ रुपैयाँको दरले बढाएको हो । अब काठमाडौं, पोखरा र दिपायलमा प्रतिलिटर पेट्रोलको मूल्य २ सय २ रूपैयाँ पुगेको छ । त्यस्तै डिजेलको मूल्य प्रतिलिटर १८२ रुपैयाँ पुगेको छ ।

१ चैतमा १५ रूपैयाँले बढाएर काठमाडौंमा पेट्रोलको मूल्य १७२ र डिजेल(मट्टितेलको मूल्य १५२ रूपैयाँ पुर्‍याएको थियो । १२ चैतमा फेरि १५ रुपैयाँ बढाएर काठमाडौंमा पेट्रोलको मूल्य १८७ रूपैयाँ र डिजेल(मट्टितेलको मूल्य १६७ रूपैयाँ पुर्‍याएको हो ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढिरहेकाले स्थानीय बजारमा पनि मूल्य बढाउनुपरेको निगमले स्पष्ट पारेको छ ।

Prabhu Bank AD

सम्बन्धित खवर