वि.सं.२०८३ जेठ ११ सोमवार
Dish Home Long Ad
चार सचिव पद रिक्त भएको घोषणा
Prabhu Bank AD

काठमाडौँ । निजामती कर्मचारीको विशिष्ट श्रेणी (सचिव) पद ४ वटा खाली भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेब पोर्टलमा ४ सचिव खाली भएको देखिन्छ ।

ओपिएमसिएम डट जिओभी डट एनपीका अनुसार अहिले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको एक सचिव, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सचिव, पशुपंक्षी सचिव र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका एक सचिव खाली छन् ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रामप्रसाद घिमिरे फागुन १० गते अनिवार्य अवकाशमा गएका थिए । त्यसपछि सचिवमा बढुवा भएको छैन ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव शर्मा चैत ९ गते अनिवार्य अवकाशमा गएका थिए । पशुपंक्षी सचिव गोविन्द शर्मा वन मन्त्रालयमा सरुवा भएपछि खाली मन्त्रालयमा पशुर्पंक्षी सचिव खाली छ ।

त्यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पनि एक सचिव पद खाली छ । नेपाल सरकारले सचिव स्तरमा ७१ दरबन्दी कायम गरेको छ । त्यसमध्य अहिले ६७ सचिव मात्रै छन् ।

Prabhu Bank AD

सम्बन्धित खवर

ताजा अपडेट

लाेकप्रिय