वि.सं.२०८३ वैशाख २ बुधवार
Dish Home Long Ad
सुनका गहना चोर्नेलाई प्रहरीले गोली चलाएर लियो नियन्त्रणमा
Prabhu Bank AD

काठमाडौँ । काठमाडौँको बौद्ध टुसालस्थित एउटा घरबाट १ करोड रुपैयाँ भन्दा बढीको सुन चोरीमा संलग्नलाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको छ । स्थानीय रिन्जी लामाको घरबाट १ करोड ४ लाख ५३ हजार बराबरको सुनको गहना चोर्ने प्रेम थारु पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार थारु नेपालगञ्जका हुन् । जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले उनलाई गोली प्रहार गरेर नियन्त्रणमा लिएको हो ।

काठमाडौँका एसपी पवन भट्टराईका अनुसार थारुको खुट्टामा गोली लागेको छ र ट्रमा सेन्टरमा उपचार जारी छ ।
मंगलबार दिउँसो लामाको घरबाट थारुले ३० तोला सुन, चाँदीका गहना र सिमाला सहित १ करोड ४ लाख ५३ हजार रुपैयाँ बराबरको सामान चोरेको प्रहरीको भनाइ छ ।

Prabhu Bank AD

सम्बन्धित खवर