वि.सं.२०८३ जेठ ११ सोमवार
Dish Home Long Ad
अर्थहीन बन्दै कंक्रिट भ्युटावर
Prabhu Bank AD

 

काठमाडौं । पर्यटन प्रवर्द्धनका लागि भन्दै देशका विभिन्न जिल्लाहरुमा बनाईएका करोडौँका भ्युटावरहरु अर्थहीन बन्दै गएको पाइएको छ । शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता आधारभूत आवश्यकताको स्तरीकरण गर्दै अघि बढ्नुपर्नेमा आफ्नो पालामा काम देखाउने प्रवृत्तिले बनाइएका भ्युटावरहरु अनुउत्पादक संरचना बन्न पुगेका छन् ।

स्थानीय तहहरुले पर्यटकहरुलाई आकर्षित गर्नको लागि बनाइएका भ्युटावरहरु लहडी विकासको नमूनाको रुपमा आलोचना हुँदै आएका छन् । देशभरका अधिकांश स्थानीय तह, प्रदेश र संघीय सरकारले विभिन्न बहानामा भ्युटावर बनाएका छन् ।

लुम्बिनी प्रदेशको रुपन्देहीसहित पहाडी जिल्लाहरुमा बनाइएका भ्युटावरहरु योजना अनुसार अझै सम्पन्न हुन नसक्दा सञ्चालनमा आउन सकेका छैनन् भने निर्माणकार्य सम्पन्न भएकोमा पर्यटकहरु नजाँदा लाभमुखी हुन सकेका छैनन् ।

२०७८ साल चैत १५ गते उद्घाटन गरेको भ्युटावर अझै सञ्चालनमा आउन सकेको छैन । साढे ११ करोड रुपैयाँ लगानीमा निर्माण भएको भ्युटावर अहिलेसम्म सञ्चालन नहुँदा तिलोत्तमा नगरपालिका र शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र वन बाटिकाले कुनै लाभ लिन सकेका छैनन् । वन बाटिकाभित्र निर्माण भएको भ्युटावरले पर्यटकहरुको आगमन बढाउने अपेक्षा राखिएको भएपनि सञ्चालन हुन नसक्दा अपेक्षित उद्देश्य प्राप्त हुन सकेको छैन् ।

शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र वन बाटिकामा बनेको उक्त भ्युटावर १० तलाको छ, जसको उचाइ १३४ फिट रहेको छ । तिलोत्तमा नगरपालिकाको ७० प्रतिशत र शंकरनगर वन बिहार तथा अनुसन्धान केन्द्रको ३० प्रतिशत लगानी गरेको छ । दोस्रो चरणमा भने संघीय सरकार र नगरपालिकाले लगानी गरेको पाइएको छ ।

भ्युटावर निर्माण भए पनि ठेक्का लगाउँदा पौडी पोखरी, पानीको फोहोरा, पार्किङ, रेस्टुरेन्ट, निर्माण गरी एकीकृत रुपमा सञ्चालन गर्ने योजना थियो ।

ठेकेदार काम सम्झौता नगरी बसिदियो । पछिल्लो संरचना निर्माणका लागि तिलोत्तमा नगरपालिका र संघीय सरकारको पर्यटन प्रवर्द्धन कार्यक्रम अन्तर्गत ५ करोड बजेटमा काम शुरु गरिएको तिलोत्तमा नगरपालिकाले जनाएको छ ।

तिलोत्तमा नगरपालिकाका राजस्व उपशाखाका अनुसार पाल्पाको अनुपम निर्माण सेवा कम्पनीले २०७८ फागुनमा २०७९ साल साउनदेखि भ्युटावर चालु गर्ने गरी वार्षिक ३९ लाख ५० हजार रुपैयाँ बुझाएउने र एक वर्षको बैंक ग्यारेन्टी पनि उक्त कम्पनीले गरेको बताएको छ ।

साउनमा सञ्चालन गर्न असार अन्तिमसम्म ठेकेदारले राखेको सर्तहरु पूरा नभएपछि उक्त कम्पनीले सम्झौता गरेन । कम्पनीले भ्युटावर मात्रै हैन, पौडी पोखरी, रेस्टुरेन्ट, पानीको फोहोरा जस्ता संरचना तयार नभएकाले सम्झौता नगर्ने अडान लिएपछि रोकिएको जनाइएको छ ।

कुल २५ हजार १२२ वर्ग फिट क्षेत्रफलमा निर्माण गरिएको भ्युटावरमा सुविधायुक्त रेस्टुराँ र पर्यटक विश्राम स्थल, रिसर्च कक्ष, डिपार्टमेन्ट स्टोर, कार्यालय कक्ष, शौचालयसहित वातानुकूलित कोठा तथा पुस्तकालय लगायतका संरचना रहने भए पनि अहिले भ्युटावर मात्रै तयार भएको छ ।

उक्त भ्युटावरबाट बुटवल, भैरहवा र लुम्बिनीसम्म आँखाले सजिलै देख्न सकिने र दूरबिनको प्रयोगबाट भारतको गोरखपुर, नौतनवासम्मका शहर देखिने दाबी गरिएको छ ।

पूर्वाधार विकासका जानकारहरु भने स्थानीय सरकारले हचुवाका भरमा भ्युटावर बनाएको बताउँछन् । जानकारहरु प्राविधिक अध्ययन नगरी, हचुवाको भरमा जहाँ पायो त्यहीँ टावर नचाहिने बताउँछन् ।

सस्तो लोकप्रियताका लागि स्थानीय सरकारले भ्युटावरमा लगानी गरेको भन्दै विकासको नयाँ परिचय भएको छ । स्थानीय सरकारले आफ्नो बजेट आफैँ खर्चिन पाउने प्रावधानको दुरुपयोग भइरहेको जिकिर गरे ।

जनताबाट कर उठाएर हचुवाका भरमा भ्युटावरका नाममा लाखौं रुपैयाँ सिध्याउनु मूर्खताबाहेक केही मान्न सकिन्न । राज्यको ढुकुटीलाई खर्चिनु चरम अदूरदर्शिताको नमूना पनि हो ।

‘वन बाटिकामा बनाइएको भ्युटावरको आवश्यकता र योजना हुन नसक्दा औचित्य पुष्टि भएन । टावरले एक रुपैयाँ पनि आम्दानी गरेको छैन । टावरको अन्तिम निर्माण पूरा भए पनि अन्य संरचना नबन्दा टावर मात्रै ठडिएको छ । यो भ्युटावर निर्माण भएको ३ वर्ष बितिसक्यो । सम्पन्नताको काम बाँकी छ । त्यति धेरै पैसा खर्च भएको भ्युटावरले एक रुपैयाँ पनि कमाइ गर्न सकेको छैन ।

Prabhu Bank AD

सम्बन्धित खवर

ताजा अपडेट

लाेकप्रिय