१२ मंसिर २०८० काठमाडौँ
पछिल्लोपटक टिकटक एप लगायत समाजिक संजाल मार्फत संसारभर नयाँ पुस्तामा निकै चर्चा कमाएका र इन्गेजमेन्ट समेत गरिसकेका नेपाली युवा आयुष ठकुरी र पाकिस्तानी युवती एलिजे जमाली यतिबेला करिब २० लाख बराबरको राहत सामग्री लिएर भुकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेका छन् ।
प्रेमिल जोडीले जाजरकोटको कुसे गाउँपालिका ३, मा एकसय ६५ घरधुरीलाई राहत सामग्री वितरण गर्ने बताएका छन् भने तीनसय ५० विधार्थीहरुलाई कापीकलम, ट्रयाकसुट तथा स्टेसनरी सामग्री समेत वितरण गर्ने छन् । उनीहरु आफ्नो लक्षित ठाउँमा राहत सामग्री लिएर पुगिसकेको बताएका छन् । राहत सामग्रीमा १/१ बोरा चामल, दाल, नुन, तेल लगायतका प्याकेज रहेका छन् । उनीहरूले वितरण गर्ने ठाउँ निकै दुर्गम रहेको बुझिएको छ । सबैको ध्यान तान्न नसकेको ठाउँ आफूहरूले सेवा गर्न रोजेको जोडीको भनाइ छ ।
दु:खद पारिवारिक जीवनमा हुर्केका आयुषलाई दु:खद अवस्थाले उनको मन छुन्छ । त्यसैले मैले आयुषको जीवन साथीको रुपमा मात्र नभएर उसको जीवनभर मानव लगायतका सेवाकार्यमा पनि साथ रहने र दिने एलिजेले बताइन् ।
टिकटकबाटै प्रेम सम्बन्धमा जोडिएका एलिजे र आयुषको यतिबेला विश्व चर्चा छन् । उनीहरुले आफ्नो मानवीय प्रेमका लागि संसारलाई नै चुनौती थपिदिएका छन् । आजसम्म अन्तरास्ट्रिय स्तरमा यसखाले मानवीयता स्थापित हुनेगरी न कुनै जात र धर्मका मानिसले साहस गरेको छ । न त कुनै देश, भेष, रंग र शासक प्रशासकले नै गर्न सकेको छ ।
आयुष, एलिजे र उनीहरुको परिवारले ठूलो हिम्मत गरेका छन् । उनीहरुको आफ्नो मानवीय प्रेमलाई न कुनै धर्मले छुन सक्यो । न कुनै जात, रंग र देशले नै छुन सक्यो । यस मामिलामा दुबै प्रेमिल जोडी र उसको परिवारजन संसारमा उदाहरणीय बन्न पुगेको समाजसेवी पत्रकार तथा राजनीतिक विश्लेषक राजेश विद्रोहीले बताए ।

