वि.सं.२०८३ जेठ १२ मंगलवार
Dish Home Long Ad
पोखरामा सातै प्रदेशका मुख्यमन्त्रीको भेला हुँदै
Prabhu Bank AD

 

 

काठमाडौं । आज सातै प्रदेशका मुख्यमन्त्रीको भेला गण्डकी प्रदेश सरकारको अगुवाइमा पोखरामा हुँदै छ।

भेलाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले गर्ने गण्डकी प्रदेश सरकारका प्रवक्ता सरस्वती अर्यालले जानकारी दिइन्।

मुख्यमन्त्रीहरूबीच छलफल एवं अन्तक्र्रिया हुने उनले बताइन्। भेलामा अन्तरप्रदेशबीचको अनुभव आदानप्रदान, प्रदेशले संविधानतः पाउनुपर्ने अधिकारलगायत विषयमा छलफल हुने बताइएको छ।

मुख्यमन्त्रीको भेला दोस्रोपटक हुन लागेको हो। यसअघि २०७५ भदौ २१ र २२ गते गण्डकीकै तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको पहलमा पहिलोपटक मुख्यमन्त्रीहरूको भेला भएको थियो। भेलाले आठबुँदे घोषणापत्र पनि जारी गरेको थियो।

Prabhu Bank AD

सम्बन्धित खवर