वि.सं.२०८३ जेठ १२ मंगलवार
Dish Home Long Ad
मेगा बैंकले २५ सय कृषकलाई किसान कार्ड वितरण गर्ने
Prabhu Bank AD

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले साना किसानहरुको कृषि व्यवसाय प्रबद्र्धन गर्नका लागि डिजिटल बैंकिङमार्फत वित्तीय सहयोग प्रदान गर्ने उद्देश्यले आइडीई नेपालसँग सम्झौता गरेको छ ।

काठमाडौंको कमलादीस्थित मेगा बैंकको कर्पोरेट कार्यालयमा मेगा बैंकका कामु प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र आइडीई नेपालको नेपाल प्रमुख कोरी ओ हाराबाट सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भयो । कार्यक्रममा मेगा बैंकका पदाधिकारीहरु, आइडीई नेपाल, सिआईएमएमवाईटीका साथै आरएण्डडी इनोभेटिभ सोलुसनका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

आइडीई नेपालसँगको सम्झौतापछि मेगा बैंकले विदेशबाट फर्केका आप्रवासी कामदार एवम् साना तथा मझौला कृषकहरुलाई व्यवसाय विस्तार गर्न वा नयाँ उद्यम–व्यवसाय गर्नका लागि आईडीई नेपालको सिफारिसमा साना तथा मझौला कर्जा एवम् नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा निर्देशिका र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा कार्यविधिको अधिनमा रहि सहुलियतपूर्ण कर्जा प्रदान गर्नेछ ।

आइडीई नेपालसँगको सम्झौता अन्तर्गत मेगा बैंकले प्रबद्र्धन गर्दै आएको डिजिटल बैंकिङ उपकरण ‘मेगा किसान कार्ड’ मार्फत २५०० जना कृषकहरुलाई किसान कार्ड वितरण गर्ने लक्ष्य राखेको छ ।

Prabhu Bank AD

सम्बन्धित खवर