जेठ ९ लहान । सिरहाको लहान नगरपालिका – ५, बालुवा टोलका छोटु मेस्तर हराएको पाँच वर्ष भइसक्यो । तर उनी अहिलेसम्म भेटिएको छैन् । कहाँ छ ? कस्तो अवस्थामा छ ? परिवारले चिन्ता गरिरहेको छ ।
गाउँकै स्कुलमा कक्षा ५ सम्म अध्ययन पुरा गरेका मेस्तर १६ वर्षकै उमेरमा २०७४ सालमा घरबाट कसैलाई जानकारी नदिई गायब भएका हुन् । उनी साथीसँगतमा भारततिर हुन सक्ने अनुमान परिवारको छ । मान्सिक सन्तुलन ठिक छ । जहाँ भएपनि सकुशल रहेको खबर पाए मनको सन्तुष्टि मिल्थ्यो आमा सुकुमारी मेस्तरले भनिन् ।
अहिले परिवारमा आमा सुकुमारी मेस्तर, दाई राहुल मेस्तर, बहिनी लक्ष्मी मेस्तर, भाउजु भतिज भतिजीहरु छन् । उनीहरुले याद गरिरहेका छन् । घर फर्किन भनिरहेका छन् । यदि कुनै समस्यामा परेको भए घरसम्म खबर पुर्याउन भनेको छ ।
गतवर्ष बैशाख ५ गते बुबा सिसन्ता मेस्तरको मृत्यु भइसकेको छ । उनले बुबाको मुख पनि हेर्न पाएको छैन् । छोटुलाई आफ्नो बुबा बितेको थाहा छैन् । अहिले ठूलो भइसकेको होला । कसैलाई थाहा भए वा सम्पर्कमा आए ९८२०३२७४१३/९८०१६००५५५ मा सम्पर्क गराई दिन परिवारको आग्रह छ । अर्थात् नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गरी परिवारसम्म पुर्याउन अनुरोध गरेका छन् ।

