वि.सं.२०८३ जेठ १२ मंगलवार
Dish Home Long Ad
आफू अनुकूल राष्ट्रपति खोज्न विदेशी शक्तिको चलखेल
Prabhu Bank AD

काठमाडौं । राष्ट्रपतिको निर्वाचनको मिति नजिकिएसँगै दलहरुबीच रस्साकस्सी चलिरहेको छ। नेपालका राजनीति दलहरूले आफ्नो स्वार्थअनुकूलको व्यक्तिलाई राष्ट्रपति बनाउन बाह्य शक्ति गुहारेको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको दावी छ ।
‘यहाँका नेताहरू आफ्नो स्वार्थअनुकूलको व्यक्तिलाई राष्ट्रपति बनाउन विदेशी ढोग्न गएपछि बाह्य सक्रियता बढ्नु स्वभाविक हो। यहाँका व्यक्तिहरू नालायक भएकै कारणले अहिले बाह्य शक्तिले खेल्ने अवसर पाएका छन्।’ उनले भने, “विदेशीले आफू अनुकूलको राष्ट्रपति बनाउन चलखेल गरिरहेका छन् ।’

पुस १० गतेको सहमति अनुसार सत्ता गठबन्धनमा राष्ट्रपति एमालेले पाउने सहमति भएको थियो। तर, अहिले प्रधानमन्त्रीले सहमतिको अडान लिएपछि गठबन्धनमा अविश्वासका बढ्दै गइरहेको छ। दलहरुबीच आन्तरिक दौडधुप चलिरहेको बेलामा विदेशी सक्रियता पनि उस्तै बढेको छ।

शुक्रवार प्रचण्ड र ओली भेटे लगत्तै चिनियाँ राजदूत चेन सोङ बालकोट पुगेका थिए। सत्ता गठबन्धनमा अविश्वास बढ्दै गइरहेको बेलामा राजदूत सोङको भेटलाई अर्थपूर्ण रूपमा लिइएको छ ।

प्रधानमन्त्रीसँग ओलीको अविश्वास बढ्दै गएपछि हौसिएको कांग्रेसले आफूले प्रस्ताव गरेको व्यक्ति नै राष्ट्रपति बन्ने दाबी गर्दै आइरहेको छ ।

कांग्रेस प्रवक्ता प्रकाशशरण महतले राष्ट्रपतिमा माओवादीले आफ्नो उम्मेदवारलाई सघाउने र त्यसको बदलामा ‘प्रचण्ड’ पाँचै वर्ष प्रधानमन्त्री दिने बताइसकेका छन् । त्यसको संकेत गर्दै प्रचण्ड निकट माओवादी नेता रामप्रसाद सापकोटाले राष्ट्रपति कांग्रेसलाई दिने संकेत गरिसकेका छन्।

राष्ट्रपतिको निर्वाचनलाई लिएर विदेशी शक्तिहरू पनि सक्रिय भएर लागेका छन्। दलहरुबीच सत्ताको आन्तरिक चलखेल भइरहेको वेला भारत, अमेरिकालगायतका उच्च अधिकारीहरूको पनि ओहोरदोहोर बाक्लो छ ।

नेपालको सरकार गठनमा चासो राख्दै आएको भारतले अकस्मात् प्रचण्ड प्रधानमन्त्री बनेपछि थप चासोका साथ हेरेको छ । कम्युनिष्ट सरकारप्रति चीन सकारात्मक भए पनि भारत पुरानै गठबन्धनको पक्षमा देखिन्छ ।

यसअघि सत्ता गठबन्धनमा खटपट भइरहेको वेलामा दक्षिणी छिमेक भारतका विदेश सचिव विनयमोहन क्वात्रा सोमबार आएर उच्चस्तरीय भेटघाटमा गरेका थिए ।

क्वात्राले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति देउवा, एमाले अध्यक्ष ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालदेखि लोसपा अध्यक्ष महन्थ ठाकुरसम्मलाई भेटेका थिए ।
यसैबीच, नेकपा एमालेका सचिव योगेश भट्टराईले सत्ता गठबन्धन भत्काउन विदेशी शक्ति लागेको दाबी गरेका छन्।

शनिवार पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सत्ता गठबन्धन विदेशीले नभएर नेपाली माटोबाटै बनेको जिकिर गरे।

उनले भने, ‘यो गठबन्धन बनाउन कुनै विदेशीहरूको भूमिका छैन। हामीले बनाएका हौँ। नेपाली माटोबाटै उत्पादन भएको हो। यसमा कुनै रासायनिक मल राखेको छैन। तर, अहिले भत्काउन चाहिँ विदेशीहरू सक्रिय भएको सुन्दैछौं ।’

 

Prabhu Bank AD

सम्बन्धित खवर