सहनुको पनि हद हुन्छ १ जब अत्याचारले सीमा नाघ्छ तब विद्रोहको ज्वारभाटा निस्कँदोरहेछ । ०५० साल भदौ १४ गते नगर प्रहरीमा नियुक्त भएको हुँ । सात वर्षपछि ९०५७ मा० स्थायी भएँ । दिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्दै आएँ । ०७९ को स्थानीय निर्वाचनपछि काठमाडौँको मेयर र डेपुटी मेयर नै युवा आए । यसले हामी नगर प्रहरीलाई पनि आशातित बनायो । दिन–रात नभनी काममा खट्दै गयौँ । मेयर बालेन साहले राजु पाण्डेलाई नगरको एसपी बनाउनुभयो । एसपी ५ जना हुँदा झण्डै दुई वर्षसम्म सिपाही नियुक्त हुन सकेनन् ।

नगर कमाण्डरहरूमा विष्णु जोशी, राजु पाण्डे, धनपति सापकोटा, दिनेश अर्याल र मनोज लामिछाने छन् । ती कसैको पनि एक अर्कासँग ट्युनिङ मिल्दैन । ६ जना डिएसपी, ३३ इन्स्पेक्टर, ४२ सई, असई ३३ र ६३ हवल्दारको दरबन्दी छ । माथि टाउकेहरूबीच नै मेल नभएपछि तलका प्युसाहरूलाई मात्र पेलेर हुन्छ रु बालेनको सुधारको हुटहुटीलाई साथ दिन हामी तल्ला तहका नगर प्रहरी १५ घण्टासम्म लगातार ड्युटीमा खटिएका छौं । तर प्रोत्साहन त परको कुरा उल्टै अपशव्द सुन्नुपर्दछ ।
गालीको बर्षा हुन्छ रु के हामी एसपीको गाली खानका लागि महानगरमा भर्ती भएका हौं रु अहिले धनपति सापकोटा के गरिरहनुभएको छ रु हिजो धनपति कमाण्डर हुँदा राजुले पाँच वर्षसम्म सुतेर खानुभएको होइन रु कार्यालय आउने, हाजिर गर्ने र फर्कने गरेको होइन रु उहाँले त्यो पाँच वर्षसम्म एक दिन पनि युनिफर्म लगाउनु भएन । डिएसपीको फुली लगाएर हाजिर गर्दै घर जानुभएको होइन रु उहाँलाई कार्यालयमै सुत्ने छुट थियो । हिजो उहाँले काम गर्नुभएको भए अहिले हामीलाई यस्तो लोड नै हुँदैन थियो ।
अनि अहिले हामीले एक दिन बिदा नपाउने । मान्छेको शरीर हो, मेसिन त होइन नि सातै दिन, चौबिसै घण्टा घोटिनका लागि १ हामीले एक दिन काम गर्न सकेनौं भने ‘तँ अहिले नै घर जा भन्ने हो रु’ यही हो कमाण्डरले गर्ने व्यवहार १ एसपी पाण्डेलाई काम चाहिएको हुँदै –होइन । उहाँलाई सुमेरु पर्वत ठानेर परिक्रमा गर्ने गणेश चाहिएको हो । काम गर्ने मान्छे चाहिएको थियो भने फिल्डमा कसले खटेको छ त्यसको मूल्यांकन हुनुपर्ने थियो कि थिएन रु
बालेन मेयर बनेर आउनुभएको ८ महिना भयो । उहाँका हरेक काम कुरा सुक्ष्म ढंगले अध्ययन गरिरहेको छु । समस्या लिएर हामी सइ, असइले प्रमुख कार्यकारी अधिकृत अर्थात् मेयर र उपमेयरकहाँ जानु उति उचित हुँदैन । ती सबै गुनासा एसपीले सुन्नुपर्ने हो । तर, एसपी साबलाई आफू राजा, महाराजाभन्दा ठूलो पोष्टमा पुगेँ भन्ने भान भए र हो कि रु ५३ वर्षको उमेरमा दैनिक १५ घण्टा बुट लगाएर ड्युटी गर्नुपरेको छ । एउटै कुराले दिनरात घोचिराख्ने । मैले काम गर्न सकेको हो कि होइन त्यो त सडक व्यापारी र महानगरपालिकाकै कर्मचारीलाई थाहा छ । शुरु शुरुमा मैले काम गर्दा उनैले नै होइन र तारिफ गरेको रु अहिले मैसँग आइलाग्ने रु मैले काम गर्न नसकेको भए संस्थाले साढे तीन दशक पाल्दैनथ्यो होला नि !
म गफ र चाकडी होइन, काम गर्ने मान्छे । हामी ड्युटीमा खट्ने बेला एउटा लौरो पनि हुँदैनथ्यो । घामपानी नभनी १२ देखि १४ घण्टा खटेर बनाएको संगठन हो यो । तर, अहिले संगठन प्रमुखमा खै मानवीयता रु इन्स्पेक्टर जनार्दन शर्मा बिरामी पर्नुभयो । अन्न–पानीको शरीर, कहिलेकाँहीं बिरामी परिन्छ । तर, शरीरलाई आराम चाहिने बेला उल्टै ड्युटीमा खटाइदिने रु यही नगरप्रहरीभित्र यस्ता पनि सई छन् जसले ९ महिना कामै नगर्दा पनि तलब खुवाइन्छ । उनै पाण्डेले असई साप प्रकाश सिलवाललाई कुट्न खोजे । कार्यालयमा बोलाएर कारबाही प्रक्रिया अगाडि बढाउने हो कि हप्कीदप्की गरेर झम्टने रु कोही कसैले त्यस्तो गर्यो भने सेटमै कुट्दै लिएर आइज भन्ने हो रु
मलाई आफ्नै संगठनका साथीहरूलाई कुट्दै एसपीकहाँ लैजाने अधिकार छ रु अनि काम गर्ने मान्छेलाई किन कुट्ने रु कामै नगरी, हाजिर मात्र गरेर खानेलाई कुटुन् न सक्छन् भने । हामी तीनजना असई चन्द्रमान भुजेल, असई इन्द्रकुमार राई र सई लोकनाथ चुडाल सार्वजनिक बिदाको दिन पनि ड्युटीमा जाँदा पनि उल्टै नराम्रो कुरा गर्ने रु त्यही बजारमा छानबिन गर्नुस् भनेका छौं । सुत्केरी महिला प्रहरीमाथि उस्तै अभद्र व्यवहार र दुव्र्यवहार भयो । यी सबै व्यवहारले मेरो मन छियाछिया बनाएको हो । भेटेर कुरा राख्न खोज्यो । पीडा सुन्ने फुर्सद नै कहाँ छ र रु
धनपति सापकोटाको कार्यकालमा म यहाँ आएँ भन्दैमा म उहाँकै मान्छे हुन्छु रु पाण्डेसँग २२ वर्ष अघि पिकनिकमा जाँदा झगडा भएको थियो । त्यतिबेला मैले टाउको फुटाइदिएको थिएँ । आज उहाँ नगरप्रहरी प्रमुख भएपछि त्यसबेलाको रिसइबी साँध्नुभएको हो । उहाँले कार्यभार सम्हालेपछि पनि तीन पटक बोलाएर तँ एउटा योद्धा होस्, काममा खट् अन्याय हुन दिन्नँ भन्नुभएको थियो । मैले पनि भूमिका दिनुस् जस्तोसुकै काम गर्न तयार छु भनेको थिएँ । तर पछि हामीलाई घुमाएर टचर गर्न थालेपछि असैह्य पीडा भएर राजीनामा दिएको हुँ । जागिरे जीवनमा बेइमानीको बाटो बनाएको भए मेरो पनि घर, गाडी हुँदो हो । तर त्यस्तो बाटो कहिल्यै हिँडिएन । सुधार चाहँदा र विद्रोही स्वभावका कारण एकै दिन तीन पटकसम्म सरुवामा परेको मान्छे हुँ । महानगरपालिकाबाट प्राप्त सबै सेवा र सुविधा लिने, एउटाले अर्कोको खेदो खन्ने काममा मात्र व्यस्त छन्, टाउकाहरू । कसैलाई नगर प्रहरीको ज्याकेट मात्र लगाइदिएर हुन्छ र रु

