काठमाडौं । नेपाली बजारमा आइतबार पनि सुनचाँदीको भाउ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघ अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार ८ सय रुपैयाँ घटेको हो ।
आज सुन तोलामा २ लाख ४२ हजार ६ सय रुपैयाँ कायम भएको छ । शुक्रबार भने सुन प्रतितोला २ लाख ४५ हजार ४ सय रुपैयाँमा किनबेच भएको थियो ।
यसैगरी आइतबार चाँदीको मूल्य पनि प्रतितोला ४५ रुपैयाँ घटेको छ ।
शुक्रबार प्रतितोला ३ हजार १ सय १० रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
मंसिर लागेयता हालसम्म सुन तोलामा २४ हजार ६ सय रुपैयाँ घटिसकेको छ । मंसिर १ मा तोलाको २ लाख ६७ हजार २ सय थियो । आज २ लाख ४२ हजार ६ सय रुपैयाँ कायम छ ।


