काठमाडौं । मलेसिया जाने नेपाली श्रमिकहरूमाथि भएको भनिएको ठगीको जालो पछ्याउँदै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) अदालतबाट पक्राउ अनुमति लिने तयारीमा जुटिरहँदा, पूर्वमुख्यसचिव एकनारायण अर्याल भने बुधबार बिहानै दिल्ली उडिसकेका थिए। प्रहरीको दाबीअनुसार, सीआईबीले पक्राउ गर्ने तयारी थालेको सुइँको पाएपछि उनी त्यता लागेका हुन्।
कागजातको पत्राचार र चुहिएको सूचना
हिरासतमा पूर्वमन्त्रीदेखि सचिव र सहसचिवसम्म
-
पूर्वश्रममन्त्रीहरू: रामेश्वर राय यादव र शेरबहादुर कुँवर हिरासतमा छन्।
-
पूर्वसचिव: अर्का पूर्वश्रमसचिव विनोद केसी पनि पक्राउ परिसकेका छन्।
-
मन्त्रालयका अन्य अधिकारी: तत्कालीन सहसचिवद्वय उमेश ढुंगाना र राजीव पोखरेल तथा उपसचिव निर्मला गुरुङलाई हिरासतमा राखेर अनुसन्धान अगाडि बढाइएको छ।
सात लाख श्रमिक र ‘१०० रिंगिट’ को हिसाब
-मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षणका लागि २९ वटा मेडिकलले सिन्डिकेट खडा गरेका थिए।
-तत्कालीन श्रममन्त्री गोकर्ण विष्टले २०७५ सालमै मलेसियासँग मिलेर बनेको त्यो सिन्डिकेट भत्काउने गरी सम्झौता गरेका थिए।
-तर विष्ट श्रममन्त्रीबाट हटेपछि स्वास्थ्य परीक्षणमा निर्धारित शुल्कभन्दा एक सय रिंगिट (करिब ३,६०० रुपैयाँ) बढी लिँदै आइएको पाइएको छ।


