वि.सं.२०८३ मंसिर ७ आइतवार
Shivam
Dish Home Long Ad
TaTa
लुम्बिनी भ्रमण सकेर कोहलपुरतर्फ जाँदै गरेको भे१ख ३१३)नम्बरको बस दुर्घटना, १४ जना घाइते

काठमाडौं । दाङको लमहीमा भ्रमण बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।
लमही नगरपालिका(शिव खोला नजिकै पूर्वपश्चिम राजमार्गमा भे१ख ३१३)नम्बरको बस आज बिहान दुर्घटनामा परेको हो ।
लुम्बिनी भ्रमण गरी बाँकेको कोहलपुरतर्फ फर्कँदै गरेको उक्त बस अनियन्त्रित भई पल्टिँदा १४ जना घाइते भएको दाङका डीएसपी डा। हेमबहादुर केसीले जानकारी दिए ।
केसीका अनुसार बसमा चालक र सहचालक सहित ५३ जना सवार थिए ।
घाइतेहरूको उद्धार गरी उपचारका लागि मेडिकल कलेज कोहलपुर पठाइएको छ ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Agni

सम्बन्धित खवर