सिरहा । छठ पर्वको अवसरमा सिरहाको सदरमुकाम पुगेका कुलमान दम्पती अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै शुभकामना व्यक्त गरेका छन् । उनले छठलाई आस्था, श्रद्धा, अनुशासन र प्रकृतिप्रतिको सम्मान झल्काउने मधेसका महान् पर्वका रूपमा व्याख्या गरेका छन् ।
सूर्य र प्रकृतिको उपासनासँग जोडिएको छठ पर्वले सामाजिक सद्भाव, आपसी एकता र सांस्कृतिक पहिचानलाई थप मजबुत बनाउने उनको भनाइ छ । छठ पर्वले सबै नेपालीबीच आपसी प्रेम, सद्भाव र एकताको भावना बढाओस् भन्ने शुभकामना पनि उनले व्यक्त गरेका छन् । भोली विहानको अर्धका लागि सिरहाको लहान र सप्तरी पुग्ने बताएका छन् ।


