वि.सं.२०८३ मंसिर ७ आइतवार
Shivam
Dish Home Long Ad
TaTa
उदयपुरको बेलकामा साढे ७ हजार किलोभन्दा बढी गाँजा बरामद

उदयपुर — सशस्त्र प्रहरीले उदयपुरको बेलका नगरपालिका–८ स्थित दिवाजोर, मैनामैनी–कोशी पुल भित्री सडक खण्डबाट ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ। सशस्त्र प्रहरीका अनुसार २०८३ कात्तिक १५ गते साँझ करिब ५ बजेर ५५ मिनेटको समयमा विशेष सूचनाका आधारमा गरिएको जाँचका क्रममा ७ हजार ८ सय २६ किलो ८ सय ग्राम गाँजा बरामद गरिएको हो।

सशस्त्र प्रहरीको ब्युरो टोलीले ब्युरोका सशस्त्र प्रहरी उपरीक्षक विक्रम हुमागाईंको नेतृत्वमा उक्त क्षेत्रमा चेकजाँच गरेको थियो। टोलीमा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४ गण मुख्यालय सुनसरी र नम्बर ५ गण मुख्यालय उदयपुरबाट खटिएका सुरक्षाकर्मीसमेत सहभागी थिए।

जाँचका क्रममा प्रदेश नम्बर १–०२–००२ ख ०२०६ नम्बरको ट्रकमा प्लास्टिकका २४६ वटा बोरामा प्याक गरी राखिएको अवस्थामा गाँजा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ। बरामद गाँजाको कुल तौल ७ हजार ८ सय २६ दशमलव ८० किलोग्राम रहेको छ।

ठूलो परिमाणमा गाँजा बरामद भएपछि प्रहरीले उक्त ट्रक र बरामद लागुऔषधलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाउने प्रक्रिया अघि बढाएको छ।

यति ठूलो परिमाणमा गाँजा बरामद हुनुले उदयपुर क्षेत्रमा लागुऔषध ओसारपसारको सञ्जालबारे थप अनुसन्धान आवश्यक देखिएको छ। यद्यपि, गाँजा कहाँबाट ल्याइएको थियो, कहाँ लैजान लागिएको थियो र यसमा को–को संलग्न छन् भन्ने विषय अनुसन्धानपछि मात्रै खुल्नेछ।

Agni

सम्बन्धित खवर