वि.सं.२०८३ मंसिर ७ आइतवार
Shivam
Dish Home Long Ad
TaTa

काठमाडौ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीमा पुनः नयाँ चक्रवात विकास भइरहेको छ।

तर अहिलेसम्मको मौसम विश्लेषणअनुसार त्यसले नेपालको मौसममा उल्लेखनीय प्रभाव पर्ने सम्भावना देखिएको छैन।

यद्यपि नेपाल मौसम विज्ञान विभागले उक्त मौसमी प्रणालीलाई निरन्तर निगरानी गरिरहेको छ र आवश्यकताअनुसार थप अद्यावधिक सूचना जारी गर्ने जनाइएको छ।

आज आइतबार बिहान विभागले जारी गरेको सूचनामा अगाडि भनिएको छ, ‘त्यसैले विभागबाट जारी हुने पछिल्लो मौसमी सूचना तथा पूर्वानुमान नियमित रूपमा हुेर्नुहुन सर्वसाधारण तथा सरोकारवालाहरूमा अनुरोध छ।’

अर्नब चक्रवात बिदा भएलगत्तै बंगालको खाडीमा फेरि नयाँ चक्रवात विकास भइरहेको हो।

मौसम महाशाखाले आज बिहान मात्र अर्नब चक्रवातको प्रभाव पूर्ण रूपमा हटेको जानकारी गराएको थियो। जुन चक्रवातको असरले नेपालमा गत बिहीबारदेखि शनिबारसम्म वर्षा(हिमपात गराएको थियो।

Agni

सम्बन्धित खवर