वि.सं.२०८३ असोज ८ बिहीवार
Dish Home Long Ad
नेपाल–भारत सीमावर्ती जिल्ला समन्वय समितिको बैठक सम्पन्न

सीमा सुरक्षा, अन्तरदेशीय अपराध नियन्त्रण तथा सुरक्षा निकायबीचको सहकार्य सुदृढीकरणमा जोड

डिवि कार्की
वीरगञ्ज । नेपाल–भारत सीमावर्ती जिल्ला समन्वय समितिको बैठक (BDCC) भारतको रक्सौलस्थित एकीकृत जाँच चौकी (Integrated Check Post) मा सम्पन्न भएको छ। बुधबार, ७ असोज २०८३ (२३ सेप्टेम्बर २०२६) मा आयोजित बैठकमा नेपाल र भारतका सीमावर्ती जिल्लाका प्रशासनिक तथा सुरक्षा अधिकारीहरूको सहभागिता रहेको थियो।

बैठकमा नेपाल–भारत सीमासँग सम्बन्धित सीमा सुरक्षा, सीमावर्ती क्षेत्रमा शान्ति तथा सुव्यवस्था कायम गर्ने, अन्तरदेशीय अपराध नियन्त्रण, अवैध गतिविधि नियन्त्रण तथा मानव र लागूऔषध तस्करी नियन्त्रणका विषयमा गहन छलफल भएको जनाइएको छ। साथै, दुई देशका सुरक्षा निकायबीच सूचना आदान–प्रदान, समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउने विषयलाई समेत प्राथमिकताका साथ उठाइएको थियो।

खुला सीमाको सामाजिक, आर्थिक तथा सांस्कृतिक अन्तरसम्बन्धलाई सुरक्षित राख्दै त्यसको दुरुपयोगबाट उत्पन्न हुन सक्ने सुरक्षा चुनौती न्यूनीकरण गर्नु नेपाल र भारत दुवैका लागि साझा दायित्व हो। सीमावर्ती क्षेत्रमा हुने अवैध गतिविधि, संगठित अपराध तथा तस्करी नियन्त्रणका लागि केवल एकपक्षीय सुरक्षा प्रयास पर्याप्त नहुने भएकाले नियमित संवाद, समयमै सूचना आदान–प्रदान र संयुक्त कार्यगत समन्वय अपरिहार्य देखिन्छ।

यस सन्दर्भमा BDCC बैठकले सीमा व्यवस्थापनलाई सुरक्षा संवेदनशीलतासँगै पारस्परिक विश्वास, संस्थागत सहकार्य र द्विपक्षीय सम्बन्धको व्यापक आयामसँग जोड्ने आधार प्रस्तुत गरेको छ।

सम्बन्धित खवर