वि.सं.२०८३ मंसिर ८ सोमवार
Shivam
Dish Home Long Ad
TaTa
भोटेकोशी बाढी तथा पहिरो प्रभावित क्षेत्रका ग्राहकलाई डिसहोम इन्टरनेटको निःशुल्क सेवा

काठमाडौँ, ११ भाद्र २०२६ । विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित ग्राहक तथा उपभोक्ताप्रति सहयोग र ऐक्यबद्धता जनाउँदै डिसहोमले विपद्प्रभावित क्षेत्रमा डिसहोम इन्टरनेटका ग्राहकहरूलाई प्रभावित अवधिभरका लागि निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराएको जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
प्राकृतिक विपद्का कारण दैनिक जनजीवन प्रभावित भइरहेका बेला सूचना, सञ्चार तथा आपत्कालीन समन्वयमा इन्टरनेट सेवाको महत्वपूर्ण भूमिका रहने भएकाले प्रभावित ग्राहकहरूलाई १५ दिनको थप निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराइने भएको हो ।
डिसहोम इन्टरनेटको पहुँच पुगेका त्रिशूली, त्रिशूली बट्टार, गल्छी, आदमघाट,मलेखु लगायतका क्षेत्रहरूमा थप निःशुल्क सेवा उपलब्ध हुने छ । डिसहोमले विपद्को यस कठिन परिस्थितिमा आफ्ना ग्राहक तथा प्रभावित समुदायसँगै उभिँदै सेवा निरन्तरता, सूचना पहुँच र आवश्यक सञ्चारमा सहजता प्रदान गर्नु आफ्नो सामाजिक उत्तरदायित्वको महत्वपूर्ण हिस्सा भएको जनाएको छ ।
कम्पनीले प्रभावित ग्राहकहरूलाई यस विषम परिस्थितिमा धैर्यधारण गर्न आग्रह गर्दै सेवा तथा प्राविधिक सहयोगका लागि सम्बन्धित सेवा केन्द्र तथा आधिकारिक ग्राहक सेवा माध्यम मार्फत सम्पर्क राख्न समेत अनुरोध समेत गरेको छ ।
साथै, यहि भदौ १० गते रसुवाको भोटेकोशी हुदै तल्लो तटिय क्षेत्रमा आएको विनाशकारी बाढीका कारण अकल्पनीय मानवीय तथा भौतिक क्षति व्यहोर्नुभएका सम्पूर्ण दाजुभाइ, दिदीबहिनी तथा परिवारजनप्रति डिसहोम परिवारले गहिरो दुःख, सहानुभूति र ऐक्यबद्धता व्यक्त गरेको छ । यस संवेदनशील समयमा उद्धार, राहत तथा पुनस्र्थापना कार्यमा अहोरात्र खटिनुभएका सुरक्षाकर्मी, स्वयंसेवक, स्थानीय समुदाय तथा सम्बन्धित निकायहरूप्रति हार्दिक कृतज्ञता समेत व्यक्त गरेको छ ।

Press Release

Agni

सम्बन्धित खवर