काठमाडौं । नेपाल राष्ट्र बैंकले ४र१२ को नीतिमा हेरफेर गरेको छ। केन्द्रिय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा हेरफेर गर्दै अब एउटै बैंकबाट १२ करोड रुपैयाँसम्म शेयर धितो कर्जा लिन पाउने व्यवस्था गरेको छ।
यसअघि धितो राखी एउटा संस्थाबाट ४ करोड र समग्र संस्थाबाट अधिकतम १२ करोड रुपैयाँ ऋण पाइने व्यवस्था रहेकोमा अब एउटै बैंकबाट १२ करोड रुपैयाँसम्म कर्जा लिन पाउने व्यवस्था गरेको हो।
चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले यस्तो बताएका हुन।

