काठमाडौँ । मुद्दती योजनामा निक्षेपकर्ताले निक्षेप रकमको १० गुणासम्म रकम पाउने गरी एनसीसी बैंकले ‘एनसीसी प्रफुल्ल मुद्दती खाता’ सञ्चालनमा ल्याएको छ। यो योजनामा व्यक्तिगत निक्षेपकर्ताले ६ वर्ष ४ महिना २५ दिनदेखि २१ वर्ष ६ महिना २८ दिनसम्म र संस्थागत निक्षेपकर्ताले ७ वर्ष १ महिना १२ दिन देखि २४ वर्ष ११ महिना २ दिनसम्म मुद्दती खातामा रकम जम्मा गरेअनुसार दोब्बर देखि १० गुणासम्म निक्षेप रकम फिर्ता पाउनेछन्। यो योजना सीमित अवधिसम्म लागू हुने बैंकले जनाएको छ।
एनसीसी प्रफुल्ल मुद्दती खाता योजनाको विभिन्न विशेषताहरु निम्नानुसार तालिकामा देखाइएको छ ः
| योजना | व्यक्तिगत | संस्थागत |
| २ गुणा | ६ वर्ष ४ महिना २५ दिन | ७ वर्ष १ महिना १२ दिन |
| ३ गुणा | १० वर्ष १ महिना २८ दिन | ११ वर्ष ५ महिना २० दिन |
| ५ गुणा | १५ वर्ष ११ दिन | १७ वर्ष २२ दिन |
| १० गुणा | २१ वर्ष ६ महिना २८ दिन | २४ वर्ष ११ महिना २ दिन |
साथै पहिलो वर्षको लागि ५ लाखसम्मको दुर्घटना बीमा र २ लाखसम्मको घातक रोग बीमा सुविधा समेत उपलब्ध रहेको पनि बैंकको भनाइ छ।
देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १५६ शाखा १५ एक्स्टेन्सन काउन्टर र १३३ एटिएम वुथहरु सञ्चालन गरी ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको जनाएको छ।

