वि.सं.२०८३ असार १३ शनिवार
Dish Home Long Ad
मध्यपूर्व युद्धको असरः दैनिक २ हजार नेपाली रोजगारीमा जानबाट रोक
Prabhu Bank AD

काठमाडौँ । पश्चिम एसियामा युद्धको प्रभाव बढ्दै गएपछि दैनिक दुई हजारभन्दा बढी नेपाली रोजगारीका लागि खाडी मुलुक जानबाट रोकिएका छन् । सरकारले खाडी क्षेत्रमा तनाव बढेको भन्दै श्रम स्वीकृति रोकेपछि श्रम भिसा पाइसकेका श्रमिक पनि रोकिएका हुन् । सरकारले नयाँ श्रमिक मात्र होइन, बिदामा आएकाको पनि नवीकरण रोकेको थियो ।

श्रम स्वीकृति नपाएका श्रमिकलाई अध्यागमन विभागले हवाई यात्रामा रोक लगाएको छ । परराष्ट्र सचिव अमृत राईको अध्यक्षतामा बसेको ‘इमर्जेन्सी रेस्पोन्स टिम’ ले पश्चिम एसियाका मुलुकका नयाँ र पुराना श्रमिकलाई स्वीकृति नदिन श्रम मन्त्रालयलाई सिफारिस गरेको थियो । यसकै आधारमा वैदेशिक रोजगार विभागले १२ देशका लागि १७ फागुनदेखि नयाँ र पुराना दुवै खाले श्रम स्वीकृति दिन बन्द गरेकामा मंगलबारबाट ७ देशका लागि पुनः श्रम स्वीकृति खुला गरेको छ । साउदी अरब, यूएई, कतार, ओमान, यमन, जोर्डन र तुर्किएका लागि पुनः श्रम स्वीकृति मात्र खुला गरिएको हो ।

नयाँ श्रमिकका लागि भने अझै बन्द छ । कुवेत, बहराइन, इराक, लेबनान र इजरायलका लागि भने नयाँ र पुराना दुवै खाले श्रम स्वीकृति बन्द छ । वैदेशिक रोजगार विभागका अनुसार गत माघसम्म नयाँ र पुरानासहित ७० हजार ५ सय ३ जनालाई रोजगारीका लागि श्रम स्वीकृति दिइएको थियो । तीमध्ये ४८ हजार २ सय २६ जनाले पश्चिम एसियाका १२ देशमा जान श्रम स्वीकृति लिएका थिए । नेपाली श्रमिकको प्रमुख ५ गन्तव्य मुलुकमध्ये ४ गन्तव्य खाडीका कुवेत, यूएई, साउदी र कतार हुन् ।

Prabhu Bank AD

सम्बन्धित खवर