वि.सं.२०८३ असोज ५ सोमवार
Dish Home Long Ad
४४ सय कर्मचारीका लागि एक लाख १३ हजार दरखास्त

 

काठमाडौ । राष्ट्रिय तथ्यांक कार्यालयले, राष्ट्रिय आर्थिक गणनाका लागि करारमा कर्मचारी माग गर्दा अत्यधिक दरखास्त परेका छन्।

तथ्यांक कार्यालयले माघ १ गतेदेखि ५२६ सुपरिवेक्षक र तीन हजार ९१३ गणक गरी चार हजार ४३९ कर्मचारीका लागि दरखास्त लिन सुरु गरेको थियो। बुधबारसम्म एक लाख १३ हजार ३५० दरखास्त परेको कार्यालयका प्रवक्ता ढुण्डीराज लामिछानेले जनाएका छन्।

तथ्यांक कार्यालयले अनलाइनमार्फत सिधैं आवेदन दिन सकिने व्यवस्था गरेको थियो। तर, अत्यधिक चापका कारण सर्भरमा ओभर कक्राउन भएका कारणले सबै दरखास्त लिन नसिकिएको लामिछानेले जनाएका छन्।

जसले गर्दा दरखास्त दिने म्याद थप गरिएको तथ्यांका कार्यालयले जनाएको छ। माघ २२ गतेसम्म दरखास्त दिने समय तोकिएको भए पनि पाँच दिन बढाएर माघ २६ गतेसम्म थपिएको छ ।

तथ्यांक कार्यालयले साढे दुई महिनाका लागि करारमा कर्मचारी राख्न लागेको हो। यसमा सुपरिवेक्षकको मासिक ३४ हजार ७३० र गणकको ३२ हजार ९०२ रुपैयाँ तलब तोकिएको छ।

सम्बन्धित खवर