वि.सं.२०८३ जेठ ११ सोमवार
Dish Home Long Ad
सुशिला कार्की मन्त्रिपरिषद्का अनैतिक मन्त्रीहरु, जो चुनाव गराउने जिम्मेवारी छोडेर होमिए चनावी प्रतिस्पर्धामा
Prabhu Bank AD

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीलाई तीन वटा मन्त्रालयको जिम्मेवारी थप भएको छ। तीनजना मन्त्रीले प्रतिनिधिसभा निर्वाचन लड्नको लागि पदबाट राजीनामा दिएपछि प्रधानमन्त्रीलाई तीनवटा मन्त्रालयको जिम्मेदवारी थप भएको हो।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री कार्कीलाई थप तीनवटा मन्त्रालयको जिम्मेवारी तोकेका छन्। राष्ट्रपति कार्यालयका अनुसार प्रधानमन्त्री कार्कीलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी थपिएको हो।
यसअघि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता थिए। उनीहरू निर्वाचनमा उम्मेदवार बनेपछि तीनवटा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीमा थप भएको हो।

महावीर पुनले म्याग्दीबाट स्वतन्त्र रुपमा उम्मेदवारी दिँदा खरेल र गुप्ताले रास्वपाबाट उम्मेदवारी दिएका छन्। खरेलले ललितपुर २ र गुप्ताले सिराहा १ बाट उम्मेदवारी दिएका हुन्।

ऊर्जामन्त्री कुलमान घिसिङ दुई साताअघि नै पदबाट राजीनामा दिएर बाहिरिएका थिए। उज्यालो नेपाल पार्टीका प्रमुखसमेत रहेका घिसिङले काठमाडौँ ३ बाट उम्मेदवारी दर्ता गराएका छन्।

हाल रामेश्वर खनाल अर्थमन्त्री, ओम प्रकाश अर्याल गृहमन्त्री, बालानन्द शर्मा परराष्ट्र मन्त्री, अनिल कुमार सिन्हा कानुन, उद्योग र संस्कृति पर्यटनमन्त्री, मदन परियार कृषिमन्त्री, सुधा शर्मा स्वास्थ्यमन्त्री, कुमार इङ्नाम भूमिमन्त्री, राजेन्द्र सिंह भण्डारी श्रममन्त्री, माधव चौलागाईं वनमन्त्री, श्रद्धा श्रेष्ठ महिला तथा बालबालिका मन्त्री छन्।

Prabhu Bank AD

सम्बन्धित खवर

ताजा अपडेट

लाेकप्रिय