जनकपुरधाम । आज छठ पर्वको मुख्य दिन । आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्छ । जसका लागि मधेश प्रदेशका विभिन्न जिल्लाका पोखरी तथा नदी किनारमा वर्तालुहरूले पूजाका सामग्री राखेर तयारी सुरु गरेका छन् ।
वर्तालुहरूले जनकपुरधामको धार्मिक तथा ऐतिहासिक पोखरी तथा नदी किनाराका छटघाटहरूमा पूजा सामग्रीहरू सजाएर राखेका छन् । अस्ताउँदो सूर्यलाई अर्घ्य दिनका लागि वर्तालुहरू छठघाटमा भेला हुन थालिसकेका छन् ।

