
काठमाडौं । नेपालमा फेरी कोरोना सङ्क्रमणको संख्या बढ्ने अवस्था देखिएको छ । केही समय अगाडी धुलिखेल अस्पतालमा ओमक्रोनको उपप्रजाति फेला परेको हो । तर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय तथा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले भने औपचारिक रूपमा पुष्टि गरेको छैन ।
विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओको क्षेत्रीय कार्यालयका अनुसार दक्षिण अफ्रिकामा बीए फोरद्वारा सङ्क्रमितको सङ्ख्या जनवरी २०२२ देखि अप्रिल २९, २०२२ सम्म १ बाट ३५ प्रतिशत प्रतिशत वृद्धि भएको थियो । बीए फाइभ सङ्क्रमितको सङ्ख्या अप्रिल अन्तिमसम्म २० प्रतिशतले वृद्धि भएको छ । यस्तै, पछिल्लोको तथ्याङ्क अनुसार दक्षिण अफ्रिकामा बीए फोर र बीए फाइभ भेरियन्ट सबैभन्दा बढी फैलिएको पाइएको छ । बीए फोर ६९ प्रतिशत र बीए टु ४५ प्रतिशसम्म फैलिएको थियो । सङ्क्रामक रोग विशेषज्ञ डा। प्रभात अधिकारीले बीए फाइभ भेरियन्ट सङ्क्रामक रहेको बताउँछन् ।
यस्तै, सरुवा रोग विशेषज्ञ डा। शेरबहादुर पुन पनि छिटो फैलन सक्ने क्षमता भएको पाइएको बताउँछन् । अघिल्ला महामारीमा देखिएमा डेल्टा भेरियन्टभन्दा घातक भन्ने कुरा सिद्ध भइनसकेको उनी बताउँछन् ।
उनी भन्छन्, यो भाइरस विश्वमा जुन देशमा देखिए पनि नेपालसम्म आइपुग्न बेर लाग्दैन । ढिलो चाँडो आइपुग्छ । यो कुरालाई आश्चर्य मान्नुपर्ने कुरा छैन । कतै नयाँ प्रजातिका भाइरस सङ्क्रमणले गर्दा हाल सङ्क्रमितको सङ्ख्या बढेको त होइन भन्ने प्रश्न पनि खडा हुन सक्छ ।
हालसम्म बीए फोर र बीए फाइभ नयाँ लक्षण वा गम्भीर रोगसँग सम्बन्धित छ भन्ने कुराको खासै प्रमाण नभेटिएका अध्ययनहरूले देखाएको छ । सङ्क्रामक रोग विशेषज्ञ प्रभात अधिकारी हरेक पटक कोभिड–१९ को लहर आउँदा नयाँ भरियन्टको सब भेरियन्ट देखा पर्ने गरेको सङ्क्रामक रोग विशेषज्ञ डा। प्रभात अधिकारी बताउँछन् । उत्परिवर्तन भएका भेरियन्टहरु हालसम्म सङ्क्रामक देखिँदै आएको छ, उपप्रजाति बी फाइभ यसअघि देखिएका भेरियन्टभन्दा सङ्क्रामक देखिएको छ ।

