वि.सं.२०८३ असार ३ बुधवार
Dish Home Long Ad
सरोज शर्माको शव फेला, २५ वर्षीय सुनील शाह र २६ वर्षीय राहुल शाहलाई पक्राउ
Prabhu Bank AD

 

काठमाडौ । यही कात्तिक ९ देखि बेपत्ता झापाको शिवसताक्षी नगरपालिका १०, माईधारका सरोज शर्माको शव फेला परेको छ। उनको हत्या आरोपमा प्रहरीले शिवशताक्षी नगरपालिका १०, माईधार नेपालीको निवासी २५ वर्षीय सुनील शाह र २६ वर्षीय राहुल शाहलाई पक्राउ गरेको हो।

झापा जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्र खड्काका अनुसार अनुसन्धानका क्रममा झापा गाउँपालिका र बाह्रदशी गाउँपालिका बिच भएर बग्ने बिरिङ खोलाको पुलमुनि गाडेको अवस्थामा शर्माको शव भेटिएको हो।

यसअघि कात्तिक १३ गते उनको गाडी चारआली जंगलमा जलेको अवस्थामा फेला परेको थियो। त्यस आधारमा प्रमाण संकलन गरिरहेको प्रहरीले आज बिहान दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा शर्माको हत्या गरी गाडी जलाएको र शव बिरिङ खोलामुनि गाडेको तथ्य पत्ता लगाएको हो।

शर्माको शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ। हत्यामा अन्य व्यक्ति पनि संलग्न रहेको आशंकामा खोजी तथा हत्याको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसैबीच आक्रोशित स्थानीयले आरोपित सुनील साहको घरमा तोडफोड गरेका छन्।

Prabhu Bank AD

सम्बन्धित खवर