- लहान, सिरहा । गरिबी र आर्थिक अभावसँग जुध्दै छोराको वैदेशिक रोजगारीको सपना पूरा होस् भनेर सिरहाको लहान नगरपालिका–९ का श्रीलाल महरा पाँच वर्षदेखि भाकल पूरा गर्न घस्रिएर दुर्गा मन्दिर पुगिरहेका छन्। उनको भाकलको दुई वर्ष पूरा भएको छ भने अझै तीन वर्ष बाँकी छ।
छोरा दीपेन्द्रलाई वैदेशिक रोजगारीमा पठाउन श्रीलालले पटकपटक गाउँमा ऋण काढेर काठमाडौं पठाए। तर मेडिकल परीक्षणमा असफल भएर छोरा घर फर्किंदा परिवारको सपना अधुरै रहन्थ्यो। अन्ततः छोराको मेडिकल पास भएर सकुशल विदेश गई फर्किए पाँच वर्षसम्म हरेक दसैँको नवमीमा आफ्नो कुलदेवताको घरदेखि लहानको दुर्गा मन्दिरसम्म भुइँमा घस्रिएर प्रणाम गर्दै पुग्ने उनले भाकल गरे।
संयोगवश, दीपेन्द्र मेडिकलमा पास भए, विदेश गए र अहिले घर फर्किसकेका छन्। तर बाबुको भाकल पूरा हुन बाँकी नै छ। करिब दुई किलोमिटर घस्रिएर मन्दिर पुग्ने उनको यात्रा दुई वर्षदेखि निरन्तर जारी छ।
श्रीलालको यो यात्रा धार्मिक आस्थासँगै गरिबी र अभावबीच छोराको भविष्यका लागि गरिएको त्याग, आशा र अटुट विश्वासको मार्मिक उदाहरण हो।


