वि.सं.२०८३ कात्तिक ६ बिहीवार
Shivam
Dish Home Long Ad
TaTa
साउदी अरबमा शृङ्खलाबद्ध आक्रमण: एक नेपालीसहित तीन जनाको मृत्यु, भारतीय नागरिक पनि परे

रियाद / एजेन्सी ।साउदी अरबका फरक–फरक स्थानमा भएका आक्रमणमा परी एक नेपाली र एक भारतीय नागरिकसहित तीन जनाकोज्यान गएको छ।

बुधबार राति साउदी अरबको दमाम विमानस्थलमा भएको आक्रमणमा परी दुई जनाको मृत्यु भएको छ भने दुई जना भारतीय नागरिकघाइते भएका छन्। मृतकहरूमा एक जना भारतीय नागरिक र अर्का एक जना साउदी अरबकै नागरिक रहेको अन्तर्राष्ट्रिय समाचार संस्थारोयटर्सले जनाएको छ।

रियादस्थित भारतीय दूतावासले साउदी अधिकारीहरूलाई उद्धृत गर्दै घटनाको पुष्टि गरेको छ। दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएकोछ, *”साउदी अधिकारीहरूले दमाम विमानस्थल आक्रमणमा एक भारतीय नागरिकसहित दुई जनाको मृत्यु भएको र अन्य दुई भारतीयघाइते भएको जानकारी दिएका छन्। हामी घटनाबारे थप विवरण सङ्कलन गर्दै प्रभावित परिवारको सम्पर्कमा छौँ।“*

यसै गरी, बुधबार बिहान साउदी अरबको पूर्वी प्रान्तस्थित शैबाह तेल क्षेत्रमा रहेको साउदी अराम्कोको परियोजनालाई लक्षित गरी अर्कोआक्रमण भएको थियो। उक्त घटनामा एक नेपालीसहित दुई जना विदेशी श्रमिकको मृत्यु भएको छ भने केही पाकिस्तानी र भारतीयनागरिक घाइते भएका छन्। तर, ज्यान गुमाउने नेपाली नागरिकको पहिचान तथा ठेगाना भने अझै खुल्न सकेको छैन।

यस शृङ्खलाबद्ध आक्रमणको जिम्मेवारी हालसम्म कसैले लिएको छैन र घटनाबारे साउदी अधिकारीहरूले अनुसन्धान गरिरहेका छन्।यद्यपि, यमनमा हुथी विद्रोहीहरूसँगको द्वन्द्व चर्किरहेका बेला यी घटनाहरू घटेका हुन्।

—

Agni

सम्बन्धित खवर