वि.सं.२०८३ वैशाख २ बुधवार
Dish Home Long Ad
साफ यू–२० महिला च्याम्पियनसिप खेल्न बंगलादेश जाने टोलीको गरियो बिदाइ
Prabhu Bank AD

बिदाइपछि सामूहिक तस्वीर खिचाउँदै नेपाली टिम । तस्वीर स् विकास श्रेष्ठरअनलाइनखबर

१७ माघ, काठमाडौं । साफ यू२० महिला च्याम्पियनसिप खेल्न बंगलादेश जाने टोलीलाई बिदाइ गरिएको छ ।

अखिल नेपाल फुटबल संघ एन्फामा भएको एक कार्यक्रमकाबीच नेपाली टोलीको बिदाइ गरिएको हो ।

फेब्रुअरी ३ देखि ९ सम्म बंगलादेशमा आयोजना हुने साफ यू–२० महिलाच्याम्पियनसिपमा नेपाल र आयोजक बंगलादेशसति भारत र भुटानसहित चार टिमको सहभागिता हुनेछ ।

नेपालले पहिलो खेल घरेलु टोली बंगलादेशबीचसँग फेब्रुअरी ३ मा खेल्नेछ । यस्तै नेपालले फेब्रुअरी ५ मा भुटानसँग र फेब्रुअरी ७ मा भारतसँग लिग खेल्नेछ ।
सिंगल राउण्ड रोविन लिगमा हुने च्याम्पियनसिपमा शीर्ष दुईमा रहने टिमले फेब्रुअरी ९ मा फाइनल खेल्ने छन् ।

यामबहादुर गुरुङ मुख्य प्रिशक्षक रहेको टोलीमा सिनियर राष्ट्रिय टिमका तीन खेलाडी दिपा शाही, प्रीति राई र अमिसा कार्की छन् । राई कप्तानको जिम्मेवारीमा पनि छिन् ।

सन् २०१८ मा साफ यू–१८ च्याम्पियनसिपको नामबाट सुरु भएको यस प्रतियोगिता २०२१ मा यू–१९ फर्म्याटमा भएको थियो भने २०२२ मा फेरी यू–१८ को नाममा भएको थियो ।

पहिलो पटक यो प्रतियोगिता यू–२० फर्म्याटमा आयोजना हुन लागिएको हो । पहिलो संस्करणमा उपविजेता बनेको नेपालले अहिलेसम्म उपाधि जित्न भने सकेको छैन । २०२१ र २०२२ मा नेपाल तेस्रो भएको थियो ।

नेपाली टिम टोली

गोलकिपर – कविता विक, सावित्री किसन, लिला जोशी

डिफेण्डर – सविना चौधरी, सजनी थोकर, सरु हमाल, सुनिता भोलान, दिव्या यसमलाई मगर, प्रतिक्षा चौधरी, कुमारी तामाङ

मिडफिल्डर – तुलसा बोहरा, कुसुम खतिवडा, साराह बज्राचार्य, सुनकला राई, मनमाया दमाई, प्रिति राई ९कप्तान० अन्जली मचामसी, सरस्वती हमाल, दिपा शाही

फरवार्ड स् गरिमा राई, अमिसा कार्की, ममता पुन, अन्जली चन्द

Prabhu Bank AD

सम्बन्धित खवर