वि.सं.२०८३ वैशाख २१ सोमवार
Dish Home Long Ad
रासफोर्डको गोल वर्षा जारी, दबाबमा लाम्पार्ड
Prabhu Bank AD

मार्क रासफोर्डले लगातार पाँचौ खेलमा गोल गर्दा म्यानचेस्टर युनाइटेडले एभर्टनलाई एफए कपमा ३–१ गोलअन्तरले हराएको छ । पराजयसँगै एभर्टनका म्यानेजर फ्रांक लाम्पार्डमाथि थप दबाब बढेको छ ।

खेलको चौथौँ मिनेटमा नै एन्टोनीले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । तर कोनर कोडीले १४ औँ मिनेटमा बराबरी गोल फर्काए । दोस्रो हाफको सुरुवातमा कोडीलेनैआत्मघाती गोल गरेपछि युनाइटेडले पुनः खेलमा अग्रता लियो ।

इन्जुरी समयमा रासफोर्डले पेनाल्टीबाट गोल गर्दै युनाइटेडको जीत सुनिश्चित गरे । उनले आफ्नो करियरमा लगातार पाँच खेलमा गोल गरेको यो पहिलो अवसर हो । युनाइटेड सबै प्रतियोगितामा पछिल्ला ११ मध्ये १० खेलमा विजयी रहेको छ । अब युनाइटेडले इएफएल कपको क्वार्टरफाइनलमा चार्लटनको सामना गर्नेछ भने १४ जनवरीलाई म्यानचेस्टर सिटीसँग भिड्नेछ ।

 

Prabhu Bank AD

सम्बन्धित खवर