अखिल नेपाल फुटबल खेलाडी संघले ए डिभिजन लिग सञ्चालनको विषयमा एन्फाको ध्यानाकर्षण गरेको छ । बुधबार एन्फा मुख्यालयमा खेलाडी संघले ए डिभिजन लिगको मिति सर्ने समाचार प्राप्त भएको हुनाले लिग तोकिएकै समयमा गर्न ध्यानाकर्षण गरेको हो ।
खेलाडी संघका अध्यक्ष विक्रम लामा, उपाध्यक्ष सुज क्षेष्ठ, विराज महर्जन, विकेश कुथु, अनन्त तामाङ लगायत खेलाडीले एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् । पछिल्लो समयले ए भिडिजन लिग एक महिना सर्ने बताएको छ । यसअघि लिग पुष २६ गतेबाट सञ्चालन हुने तालिका छ ।

