सप्तरी । प्रत्येक्षमा उमेदवारी बनाउनेदेखि समानुपातिकमा समेत दलाल तथा अवसरवादी गैरमाओवादीहरुको चलखेल बढेपछि हजारौं माओवादी नेताकार्यकर्ताहरुले राजिनामा दिने तयारी गरेका छन् ।
मधेस प्रदेशका पुराना माओवादी युवा टिमले पार्टीलाई ज्ञापनपत्र बुझाउँदै पार्टी नसचिए आफूहरू हजारौंको संख्यामा पार्टीबाट राजिनामा दिएर नयाँ राजनीतिक यात्रा सुरु गर्ने बताएका छन् । मधेस प्रदेशमा पार्टी हारको कारण तहगत पार्टीका मुख्य नेतृत्वहरु नै जिम्मेवार रहेको समेत उल्लेख छ ।
पार्टी नेतृत्वले प्रत्यक्षमा टिकेट बाँड्ने देखि समानुपातिकमा समेत सहिद परिवार, घाइते अपांग र जनयुद्ध लडेका इमानदार कार्यकर्तालाई सहभागी नगराएर पार्टी संगठन र माओवादी विचारका विरोधी दलाल र अवसरवादीहरु जोसँग आफूबाहेक संगठन छैन् उनीहरूको पोल्टामा दिनदहाडै कोटाको सुनिश्चितता भइरहेको प्रति गम्भीर दुख व्यक्त गरेका छन् ।

