वि.सं.२०८३ वैशाख १ मंगलवार
Dish Home Long Ad
यसरी बन्न सकिन्छ सभ्य र सफल बैंकर
Prabhu Bank AD

ग्राहक हाम्रो परिसरको सबभन्दा महत्वपूर्ण आगन्तुक हो । ऊ हामीमा आश्रित छैन । हामी उसमा आश्रित छौँ । ऊ हाम्रो कामको रुकावट होइन । ऊ त यसको प्रयोजन हो । ऊ हाम्रो व्यवसायमा बाहिरिया होइन, यसको हिस्सा हो । सेवा दिएर हामीले ऊमाथि कृपा गरिरहेका छैनौँ । सेवा गर्ने मौका दिएर उसले चाहिँ हामीमाथि कृपा गरिरहेको छ ।

– महात्मा गान्धी ९१८६९–पर्यन्त०
सर्वकालिक बजारशास्त्री

हाम्रो बैंकले राम्रो प्रदर्शन गरे मात्रै हामी कर्मचारीहरूले राम्रो सेवा, सुविधा र सामाजिक प्रतिष्ठा प्राप्त गर्छौँ । हाम्रो बैंकको प्रदर्शन हामीले हाम्रा ग्राहकहरूलाई दिने सेवाको गुणस्तरसँग प्रत्यक्ष रूपले जोडिन्छ । माथिको परिभाषामा सदा सचेत रहौँ र उत्कृष्ट ग्राहक सेवा प्रदान गरौँ । मुस्कान, अभिवादन, कर्पोरेट भाव, विनम्रता अनि लिंग, जाति, रंग, धर्म र क्षेत्रको भेदभाव नगरी सम्पूर्ण मानवप्रति समान भावनाको व्यवहार गरौँ । हामीले सधैँ प्रदर्शन गर्नुपर्ने यी मुख्य गुण हुन् ।

यदि तपाईंले आफूलाई ग्राहकको स्थानमा राखेर हेर्नुभयो भने ९अर्को शब्दमा, यदि तपाईं ग्राहक हुनुहुथ्यो भने तपाईंले के अपेक्षा राख्नुहुन्थ्यो भनेर आफैँलाई सोध्नुभयो भने० तपाईंले सधैँ उत्कृष्ट सेवा प्रदान गर्नुहुनेछ । ग्राहकलाई दिइएको टाइमलाइनलाई सधैँ सम्मान गरौँ, काबुबाहिरको कुनै कारणले निर्धारित समयमा सेवा प्रदान नसकिएमा माफी माग्दै उनीहरूलाई अग्रिम सूचित गरौँ । भोलि आउनुस् न उता जानुस् न भन्ने अनावश्यक बिजी भएको नाटक गर्ने, आफू सजिलो काम गर्ने अनि साथीलाई अप्ठ्यारो काम भिडाउने र आफ्नो दायित्व अरूलाई पन्छाउने नगरौँ । इमान्दारपूर्वक आफूलाई सोध्दै यदि यस्ता बानी छन् भने सुधारौँ ।

हाम्रो सञ्चार सही हुनुपर्छ । यदि हामीलाई थाहा छैन भने हामीले वरिष्ठ सम्बन्धित मानिसबाट सही जानकारी लिनुपर्छ र ग्राहकलाई सोही जानकारी उपलब्ध गराउनुपर्छ वा ग्राहकलाई सही मानिसकहाँ पठाउनुपर्छ । गलत मानिसकहाँ कहिल्यै नपठाउनुस् । कृपया, अर्को व्यक्तिकहाँ पठाउनुअघि तपाईंले सही मानिसकहाँ पठाइरहेको सुनिश्चित गर्नुस् । तपाईंले सिफारिस गरेको व्यक्तिले ग्राहकलाई फेरि अर्को व्यक्तिलाई भेट्न सल्लाह दियो भने ग्राहक तपाईसँग रिसाएर तपाईंमाथि खनिन सक्छ ।

हामीले आन्तरिक एवं बाह्य नियमका कारण ग्राहकलाई ‘नो’ भन्नुपर्ने अवस्थामा पनि त्यो एकदमै नम्र र सहानुभूतिपूर्ण भाषामा हुनुपर्छ ताकि ग्राहकले अनूभूति गरोस् कि बैंकले त सहयोग गर्न खोजेकै थियो, तर उसको नियन्त्रण वा क्षमताबाहिर भएको कारण सहयोग गर्न सकेन । अत्यधिक भिडका कारण हामीले ग्राहकलाई आवश्यक ध्यान दिन नसकौँला, तर फेरि पनि हामीले मुस्काउन, विनयी र सहयोगी हुन जरुरी छ । यदि हामीले मुस्कानसहित हजुर एकछिन पर्खिनु होला, म उहाँलाई सेवा दिएपछि हजुरलाई हेर्छु भन्यौँ भने आश्चर्यजनक नतिजा पाउनेछौँ ।

हाम्रा ग्राहकबाट हाम्रा विभिन्न शाखा÷विभागबाट हामीले दिएको सेवाको गुणस्तर राम्रो रहेको प्रतिक्रिया पाइरहेको छु । तर, कहिलेकाहीँ गुनासा पनि प्राप्त गर्ने गरेको छु । कहिलेकाहीँ हाम्रा ग्राहकहरूलाई उचित व्यवहार नगरिएको गुनासो सुन्छु । हामीले ती समस्यालाई सानैमा खोजेर समाधान गर्नुपर्छ । कहिलेकाहीँको अन्जानको गल्तीलाई त नकार्न सकिँदैन, तर लापरबाही कदापि स्वीकार्य छैन ।

कृपया ध्यानमा राख्नुस्, सानिमा बैंकमा सेवाका लागि ग्राहक आएकै कारण हामीले सानिमा बैंकमा काम पाएका छौँ । ग्राहकलाई सम्मान नगर्नेलाई सानिमा बैंकमा कुनै स्थान छैन । सधैँ अन्य मानिसहरूको सम्मान गरौँ र सभ्य बैंकर बनौँ । हामी खुसी बनौँ र ग्राहकलाई खुसी बनाऔँ ।
आउने दिन शुभ होस् ।

Prabhu Bank AD

सम्बन्धित खवर