अन्तिम मराठा युद्ध हुनुभन्दा केही अघि ई.स. १८१६ सम्म ब्रिटिशको युद्ध नेपालसँग भयो । पहाडमा तिनिहरुलाई धेरै गाह«ो प¥यो । तर अन्त्यमा ब्रिटिशकै जीत भयो र यो देहरादून जिल्ला जहाँको जेलभित्रबाट म यो पत्र लेख्दैछु र साथै कुमाउ र नैनिताल ब्रिटिश शासनअन्र्तगत प¥यो ।
तिमीलाई शायद सम्झना होला चीनबारेको एउटा पत्रमा मैले लेखेको थिएँ– चिनियाँहरुले गरेको विस्मयाकारी शोषणबारेमा – तिनिहरुले तिब्बत पार गरी हिमाली क्षेत्रमा छिरेर गार्खालीहरुलाई उनीहरुको आफ्नै देशमा कुटेका थिए । बेलायत र नेपालबीच भएको युद्धभन्दा यो २२ बर्ष अगाडिको मात्र कुरा थियो । त्यसबेलादेखि नेपालले चीनको सार्वभौमसत्तालाई औपचारिक रुपमा मान्यो । मलाई थाहा छैन– अझै नेपालले यसै गर्दैछ वा छैन ।
यो (नेपाल) विचित्रको देश छ, धेरै पिछडिएको र सारासँग अलग्गिएको भएता पनि सबै दृष्टिकोणबाट हेर्दा एउटा आनन्दपूर्वक अवस्थित र प्राकृतिक सम्पदाले भरिपुर्ण छ । यो काश्मिर र हैदरावादजस्तो अरुमा निर्भर रहेको राज्य होइन । यो राज्य (नेपाल) लाई स्वतन्त्र भनिन्छ र बेलायतीहरु यसलाई स्वतन्त्रताको सिमाभित्र बसेको छ कि छैन भनेर हेर्दछन् र नेपालका बहादुर र योद्धा देखिने मानिसहरु जसलाई गोर्खाली भनिन्छ, भारतीयहरुलाई तह लागाउन यिनीहरुलाई भारतमा ब्रिटिश सेनामा भर्ति गरिन्छ ।
साभार ः Glimps of world History- Jawaharlal Neharu, Allahabad, Kitabistan, 1935

