वि.सं.२०८३ वैशाख ३ बिहीवार
Dish Home Long Ad
बार्सिलोना र म्यानचेस्टर युनाइटेड बराबरीमा
Prabhu Bank AD

एजेन्सी । युरोपा लिगअन्तर्गत नकआउट चरणको पहिलो लिगमा बार्सिलोना र म्यानचेस्टर युनाइटेडले बराबरी खेलेका छन्। बिहीबार राति क्याम्प नाउमा भएको खेलमा बार्सिलोना र युनाइटेडले २–२ गोलको बराबरी खेलेका हुन् ।

पहिलो हाफ गोलरहित बराबरीमा रहँदा दोस्रो हाफमा भने खेल रोमाञ्चक बनेको थियो । ५०औं मिनेटमा मार्कस अलन्सोले गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाएका थिए तर युनाइटेडका मार्कुस रासफोर्डले ५२औं मिनेटमा गोल फर्काउदै खेललाई १–१ गोलको बराबरीमा ल्याउन सफल भए।

तर, खेलको ५९औं मिनेटमा बार्सिलोनाका जुल्स कुन्डेले आत्मघाती गोल गरेपछि युनाइटेड २–१ ले अघि रह्यो भने ७६ औं मिनेटमा बार्सिलोनाका राफिन्हाले गोल गर्दै खेललाई २–२ को स्थितिमा ल्याएर बराबर बनाए ।

दुई टोलीबीचको दोस्रो लेग फेब्रुअरी २४ मा, युनाइटेडको मैदान ओल्ड ट्राफोर्डमा हुनेछ।

Prabhu Bank AD

सम्बन्धित खवर