वि.सं.२०८३ वैशाख ५ शनिवार
Dish Home Long Ad
तोलामा ६०० ले घट्यो सुनको मूल्य संगै चाँदीको भाउ पनि घट्यो
Prabhu Bank AD

 

 

काठमाडांैं । सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको छ । संघ र प्रदेशको निर्वाचनपछि पहिलो पटक कारोबारमा आउँदा मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

तोलामा ६०० रुपैयाँले घटेसँगै छापावाल सुनको मूल्य तोलामा ९७ हजार ५०० र तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार रुपैयाँ कायम छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य ९८ हजार १०० र तेजाबी सुनको मूल्य ९७ हजार ६०० रुपैयाँ थियो ।

गत साताको शुक्रबार सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको थियो । विहीबार छापावाल सुनको मूल्य तोलामा ९८ हजार रुपैयाँ थियो । यस्तै, तेजाबी सुनको मूल्य ९७ हाजर ५०० रुपैयाँ थियो ।

यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । महासंघले आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको जानकारी दिएको छ । यससँगै, चाँदीको मूल्य प्रतितोला १२ सय ६५ रुपैयाँ छ ।

 

Prabhu Bank AD

सम्बन्धित खवर