वि.सं.२०८३ वैशाख ५ शनिवार
Dish Home Long Ad
प्रचण्डपछिको सबैभन्दा फटाहा उपेन्द्र यादव हो – रमेश यादव
Prabhu Bank AD

काठमाडौं २९ असार । जनता समाजवादी पार्टीका कार्यकारिणी सदस्य तथा पूर्व सांसद रमेश यादवले नेपालको राजनीतिमा जसरी प्रचण्ड सबैभन्दा ठूलो जुके फटाहाको रुपमा चिनिन्छ त्यसरी नै मधेसको राजनीतिमा प्रचण्डपछि सबैभन्दा फटाहा नेताको रुपमा उपेन्द्र यादवलाई बुझिन्छ ।

डाक्टर बाबुराम भट्टराई पक्षको काठमाडौंको जडिबुटीमा आयोजित कार्यक्रममा उनले आफ्नो मन्तव्यको क्रममा त्यसो भनेका हुन । उनले भने, मधेसका सबै नेता सांसदहरु बाबुरामलाई हतियार बनाएर उपेन्द्र यादवको बार्गेनिङ काँधमा पुगेको पछिल्लो चरणसम्म आइपुग्दा प्रमाणित भएको छ ।

अहिलेपनि पदको बार्गेनिङ गरेर केही मानिसहरू बाबुराम जीको पक्षमा हस्ताक्षर गरेर साइडमा बार्गेनिङ गरेर बसेका छन् । कतिपय त बिरगंज नै पुगिसकेका छन् । एकातिर वैकल्पिक राजनीतिको कुरा गर्ने अर्कोतिर एकै रातमा कसरी सांसद मन्त्री हुने कमिलाहरु साइड लागिसकेकोले अब बन्ने पार्टी दिर्घकालिन स्वरुपको हुने बताए ।

उनले थपे, मधेसमा चुनावी परिणाम हेर्नुस्, हेर्दै जानुस्, उपेन्द्र यादव प्रवृत्ति सकिदै गएको छ । केही यादव लठैट सामन्त जमिनदारहरुलाई काँखी च्यापेर झुठो खेती गर्दै विहारी लालु शैलीमा मधेसमा बाँचेको तर्क गरे । विहारको यादव नेताहरुसँग मिलेर दिल्लीको राजनीतिसँग जोड्न धेरै पटक प्रयास गरे तर उनीहरुले उपेन्द्रको सिफारिस गरेपछि विहारी नेताहरुको भारतीय राजनीतिमा महत्त्व खस्किने डरले उनीहरुले कतिपटक सम्बन्ध सुधार्न खोजेको तर गार्हो भएको कुरा आफूलाई एक नेताले लामो कुराकानीमा बताएको जनाए । त्यसैले उपेन्द्र यादव मधेसको मात्र होइन सिंगो यादव समुदायकै कलंक रहेको मधेसी जनतामा घरघरमा प्रभाव छ ।

Prabhu Bank AD

सम्बन्धित खवर