वि.सं.२०८२ माघ १ बिहीवार
राजिनामा दिन अटेर गरेर अमेरिका जाँदै छन् युवा तथा खेलकूद मन्त्री बब्लु गुप्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिक गतिविधिमा सक्रिय रहेको भन्दै राजिनामा दिएर आफूलाई सजिलो बनाउन प्रधानमन्त्री सुशिला कार्कीले गरेको अनुरोधलाई बेवास्ता गर्दै युवा तथा खेलकूद मन्त्रि बब्लु गुप्ता माग ३ गते अमेरिका जाने भएका छन् । अमेरिकामा एनआएरएनले गर्न लागेको एउटा कार्यक्रममा भाग लिन अमेरिका जान लागेको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार उनको अमेरिका भ्रमणको लागि मन्त्रिपरिषद्को सोमबारको बैठकले स्वीकृति समेत दिइसकेको छ । मन्त्रि गुप्ता नेपालस्थित अमेरिकी दूताबासको युथ काउन्सील २०२२ का सदस्य समेत हुन् भने विभिन्न आइएनजिओको फण्डिङमा ‘हण्र्डेड ग्रुप’ समेत सञ्चालन गर्दै आएका थिए ।

प्रधानमन्त्री कार्कीले सोमबारकै क्याबिनेटमा राजिनामा दिन रास्वपाको राजनीतिक गतिविधिमा सक्रिय रहेका उर्जा मन्त्री कुलमान घिसिङ र सञ्चारमन्त्रि जगदिश खरेललाई समेत भनेकी थिइन् । तर अरुलाई नैतिकताको सवाल खडा गरिराख्ने मन्त्रीहरुले अहिलेसम्म राजिनामा दिएका छैनन् । अझ एक स्रोतका अनुसार उर्जा मन्त्रि घिसिङले आफूले मन्त्रिबाट राजिनामा दिनुपर्ने भए आफूले भनेकै मान्छे उर्जा मन्त्रि हुनुपर्ने बार्गेनिङ गरिरहेका छन् ।

 

सम्बन्धित खवर