वि.सं.२०८३ वैशाख ५ शनिवार
Dish Home Long Ad
किन एक्लाएक्लै भेट्न थाले प्रधानमन्त्री कार्की र ओली ?
Prabhu Bank AD

 

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेका छन्।
बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा गएर ओलीले प्रधानमन्त्री कार्कीसँग ३ घण्टा ‘वान टु वान’ वार्ता गरेका हुन्।प्रधानमन्त्री कार्कीका प्रेस संयोजक रामबहादुर रावलका अनुसार ओली बिहान ११ बजे बालुवाटार पुगेका थिए।

आफ्ना स्वकीय सचिव राजेश बज्राचार्यलाई मात्रै लिएर गएका ओलीले चुनाव नजिकिँदै गर्दा प्रधानमन्त्रीसँग एक्लै लामो संवाद गरेका हुन्।
भदौ २३ को जनेजी आन्दोलनपछि बालुवाटारबाट ओली विस्थापित भएका थिए भने कार्की आएकी थिइन्।

राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा पुस ८ गेत प्रधानमन्त्री कार्कीसँग ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच शीतल निवासमा पहिलोपटक भेटवार्ता भएको थियो।

जेजनी आन्दोलनबाट प्रधानमन्त्री बनेकी कार्की सुरुका केही महिना तीन शीर्ष नेताहरुसँग भेट्न अनिच्छुक थिइन्। तर, यसले चुनावी वातावरण नबन्ने भन्दै आलोचना हुन थालेपछि उनी भेट्न तयार भएकी थिइन्।

शीतल निवासको भेटपछि बालुवाटारमै तीन नेतासँग वार्ता गर्ने सहमति भएको थियो। पुस १२ गते बालुवाटारमा प्रधानमन्त्री कार्कीसँग देउवा, ओली र प्रचण्डले वार्ता गरेका थिए।

Prabhu Bank AD

सम्बन्धित खवर