काठमाडौं । बिहीबार नेगेटिभ सर्किट लाग्दै सेयर बजार स्थगित भएसँगै अर्थमन्त्री रामेश्वर खनाल ‘एक्सन’ मा उत्रिएका छन् ।
उनले पूँजीबजारमा विकसित, विसंगति तथा समस्या अध्ययन गरी तत्काल आम लगानीकर्ताको मनोबल वृद्धि गर्न चाल्नुपर्ने कदमबारे सुझाव दिन कार्यदल गठन गरेका छन् ।
शुक्रबार धितोपत्र बोर्डका कामु कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा कार्यदल गठन गरिएको हो ।
कार्यदलमा नेपाल राष्ट्र बैंकका निर्देशक शरण अधिकारी र नेपाल स्टक एक्स्चेन्ज नेप्सेका कामु कार्यकारी निर्देशक निरञ्जन फुयाँल सदस्य छन् ।

