वि.सं.२०८३ जेठ ११ सोमवार
Dish Home Long Ad
आइसल्याण्डसँग पराजीत बन्यो इंग्ल्याण्ड
Prabhu Bank AD

२०२४ को तयारीमा रहेको इंग्ल्याण्डले निराशाजनक खेल प्रदर्शन गर्दै आइसल्याण्डसँग पराजित भएको छ । शुक्रबार राति वेम्बले मैदानमा भएको खेलमा टोली ०–१ गोलले पराजित भएको हो ।

खेलको १२ औँ मिनेटमा जोन डागुर थोर्सटेन्सनले गरेको एक मात्र गोल निर्णायक बन्यो । म्यानजेर गेराथ साउथगेटले सोमबार बोस्निया–हर्जगोभिनाविरुद्धको खेलपछि टोलीमा थुप्रै परिवर्तन गरेका थिए । तर, इंग्ल्याण्डले प्रदर्शनमा सुधार गर्न सकेन ।

ह्यारी केनले गोलको सुन्दर अवसर गुमाएका थिए भने कोल पाल्मरले पनि प्राप्त अवसरहरूको सदुपयोग गर्न सकेनन् । इंग्ल्याण्डले अब १६ जुनमा यूरो २०२४ को पहिलो खेलमा सर्बियाको सामना गर्नेछ ।

Prabhu Bank AD

सम्बन्धित खवर

ताजा अपडेट

लाेकप्रिय