वि.सं.२०८३ वैशाख ६ आइतवार
Dish Home Long Ad
प्रधानमन्त्री, मन्त्री र सांसदहरुलाई रास्वपाले ताेक्याे लेवी, स्वकीयहरुले पनि बुझाउनुपर्ने
Prabhu Bank AD

 

३ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मन्त्री र सांसदहरूका लागि लेबी तोकेको छ ।

बिहीबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले मन्त्री र सांसदहरूको लेबी तोक्ने प्रस्ताव पारित गरेको मुख्य सचेतक कबिन्द्र बुर्लाकोटीले जानकारी दिए । उनका अनुसार, सांसदहरूका लागि १६ हजार ५ सय र मन्त्रीहरूका लागि १८ हजार लेबी तोक्ने प्रस्ताव पारित भएको हो ।

त्यस्तै, स्वकीयहरूका लागि पनि २ हजार लेबी तोक्ने प्रस्ताव पारित भएको छ । अहिले उक्त व्यवस्था मन्त्रीका स्वीकय सचिवका हकमा लागू हुनेछ ।

सांसदहरूले स्वकीय राख्न पाउने व्यवस्था भएको खण्डमा सांसदका स्वकीयका लागि पनि लेबीको व्यवस्था हुने बुर्लाकोटीले बताए ।
सांसदहरूको स्वकीय तोकिएको खण्डमा उनीहरूले पनि पार्टीलाई २ हजार लेबी तिर्नुपर्ने व्यवस्था पारित भएको हो ।

Prabhu Bank AD

सम्बन्धित खवर